कविता

सेई स्कुलका कविता

४ आश्विन २०८२
सेई बोर्डिङ्ग स्कुल

प्रकृति
आशिका जि.सी
कक्षा : ६ ‘ए’

भिन्न भिन्न प्रकृतिको सुन्दरताको कहानी
वर्षा ऋतुमा बग्दछ झमझम ती पानी,
स्वच्छ हावा, स्वच्छ पानी, स्वच्छ सबैको मन
खोला, नाला, भीर–पाखा हाम्रो ठूलो धन् ॥

स्वेर्गझैँ यो प्रकृति कति सुन्दर हो
नियालेर हेरी आन्नद लिने रहर भो,
हराभरा वनजङ्गल कलकल खोलानाला
रङ्गीबिरङ्गी फूल यहाँ झुलेका धानका बाला ॥

जीवजन्तु रमाउने गर्छन् यहाँ सबै
चराचुरुङ्गी उड्छन् यहाँ खुलेर पङ्खा फिँजाई,
कति राम्रो झरना ताल, हाँसेको हिमाल
कहीँ सम्म फाँट, कहीँ पहाड विशाल ॥
सेई बोर्डिङ्ग स्कुल
लिखु–६, छहरे, नुवाकोट ।

विद्यार्थी
सुहाना थापा
कक्षा : ९

न थाकेको, न सस्तो म छु
देश बनाउन सपना बुनेको छु
साना पाइलामा ठूला इच्छा छन्
विद्यार्थी हँु म, असल दृष्टिकोण छन् ।

खाली झोला बोकेको जस्तो लागे पनि
भविष्यको उज्यालो बोक्ने छु मैले पनि
गल्ती गर्छु, तर सिक्छु पनि
संघर्षको बत्ती, सजिलै बाल्छु म पनि ।

देश बनाउने ईंटा हँु म
शिक्षत युवा–उज्यालो र शान्ति हँु म
नयाँ नेपाल, समृद्ध नेपाल बनाउने
एक मात्र, असल विद्यार्थी हु म ॥
सेई बोर्डिङ्ग स्कुल
लिखु–६, छहरे, नुवाकोट ।

प्रतिक्रिया दिनुहोस्: