कविता

दुर्गा वन्दना !

७ आश्विन २०८२
ड़ा गार्गी शर्मा

पार्दछ आकुल व्याकुल मन यो
सम्झी सम्झी दुर्गा माता ।
नजरहरूले देख्दछ खालि
माता तिम्रो जीवन गाथा ।

हृदय व्यथा यो कसरी साँचूँ ?
माता अम्बे जप्दै जप्दै ।
जीवन तन यो सब कृश हुन गो
काली ! दिन दिन गल्दै गल्दै ।

बिर्सौं कसरी तिमीकन दुर्गे !
सम्झौँ कसरी दिनहुँ भन ?
भगवती तिम्रो नाम लिँदामा
यो मन शान्त क्षणका क्षण ।

भूल भूलैले तिमीले हाय !
बिर्स्यौ मेरो अनुराग ।
प्रेमको भिक्षा माग्दछु देवी
नबिर्सनू है यो माग !

म्हेपी, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: