कविता

बाल विकास बोर्डिङको कविता

७ आश्विन २०८२
बाल विकास बोर्डिङ्ग हाइ स्कुल

दशैँ, खुसी र सौन्दर्य
संयुक्ती भण्डारी
कक्षा : ८

आकाशभरि उज्यालो, मनभरि आशा
दशैँ हो जस्तो लाग्छ खुसीको परिभाषा ।
भेटिन्छन् साथीभाइ, परिवारजन सबै
दशैँमा दुःखी हुँदैन कोही पनि कवै ।

सयपत्री, गोदावरी फूलको बास्ना हररर
सबैजना मच्चिन्छन् पिङ खेल्दै सररर ।
उडाउँछन् चङ्गा पनि आकाश भेट्नलाई
मनका ती उदासी र निराश भाव मेट्नलाई ।

धान पाक्छ फाँटमा सुन जस्तै झुल्दै
रङ लगाएपछि घरमा दुलही झैँ खुल्दै ।
अम्बा, केरा, हलुवावेद फल्छन् लटरम्म
धर्ती पनि सिँगारिन्छ सुन्दर भई टम्म ।

पूजा हुन्छ देवीको सत्य गुणगान गाई
रमाउँछन् सबै मानिस रातो टीका लगाई ।
जमरा लगाई देखिन्छन् सुन्दर दिव्य रूप
दशैँमा सबैभन्दा रमाइलो हुन्छ खुब ।
बाल विकास बोर्डिङ हाइ स्कुल
बूढानीलकण्ठ, काठमाडौँ ।

 

दशैँ
शिक्षा बिष्ट
कक्षा : ३

दशैँ आएपछि धेरै रमाइलो हुन्छ
खुसी हुँदै यो मनले आकाश छुन्छ ।
रातो टीका निधारमा पाइन्छ लाउन
मीठा मीठा गीत पाइन्छ गाउन ।

नयाँ लुगा लगाई मामाघर जाँदा
दङ्ग परिन्छ मीठो मासुभात खाँदा ।
मिलेर खेलिन्छ पिङ रमाएर
खेल्न पनि गइन्छ हात समाएर ।

उडाएर चङ्गा पारिन्छ चेट
दाजुभाइसँग हुन्छ रमाइलो भेट ।
जमरा घुसार्दा कपालमा मिलाई
मनको दुःख जति जान्छ बिलाई ।
बाल विकास बोर्डिङ हाई स्कुल
बूढानीलकण्ठ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: