साहित्य
हरेक वर्ष दशैं आउँछ हर्ष उल्लास बोक्दै
घर घरमा ठूला बडाको आर्शीवाद पोख्दै ।
सबैलाई दशैं आउँछ मन उल्लास पार्दै
मन्दिरमा घुम्दै हिँड्छन् धिम्मे बाजा ठोक्दै ।
गाउँघरको आँगनमा पिङको डोरी झुल्छ
सबै व्यथा र थकानहरू रमाइलोमा भुल्छ
दशैं खान र लाउनको लागि मात्र होइन
मनमा सद्भाव र आनान्दको लहर डुल्छ ।
रातो टीका र जमराले सजिएको दशैं ।
सांस्कृतिक र जमघटले गाँझिएको दशैं
माया र मिलनको दीप प्रज्वलित पार्दै
पारिवारिक सम्बन्धले कस्सिएको दशैं ।
धर्म र सत्यको विजय हो दशैं
शुभकामनाको खोलो हो दशैं ।
वर्षौंको मनमुटाव पखाल्ने हो
माया र भावनाको साथ हो दशैं ।
बनेपा–४, नाला, काभ्रे
हाल : गोँगबुँ, काठमाडौँ।


प्रतिक्रिया दिनुहोस्: