दशैं
नमन श्रेष्ठ
कक्षा : ५
शरद ऋतुको समय
चिरीबिरी चराको लय
दुर्गा भवानीको गुनगान
आहा ! दशैँको आगमन
नयाँ लुगा लगाई
मिठा मिठा खाना खाई
जमरा र टिका लगाई
लिङ्गे पिङ्गको चच हुई
ठुलाको आशीर्वाद
प्यारा मामा माइजूको काख
नव दूर्गाको यो चाड
सबै परिवार माझ ॥
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा – १०, गोँगबुँ, काठमाडौं।
दशैँ
बृषा भट्ट
कक्षा : ६
लाग्दछ मलाई रमाइलो, मनाउन दशैँ ।
किन हो, किन हो दशैँमा खुलदुली हुन्छ त्यसै ॥
दशैँ आयो दशैँ आयो भन्दै चङ्गा उडाउँछौँ ।
मामाघर गएर टीका र जमरा लगाउँछौँ ॥
दशैँमा सबै साथीभाई दिदीबहिनी भेट्छौँ ।
चच हुई चच हुई भन्दै लिङ्गे पिङ्ग खेल्छौँ ॥
दशैँमा सबै मिलेर नयाँ कपडा लगाउँछौँ ।
सगैँ–सँगै बसेर मिठोमसिनो खान्छौँ ॥
लाग्दछ मलाई रमाइलो मनाउन दशैँ ।
किन हो, किन हो दशैँमा खुल्दुली हुन्छ त्यसै ॥
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा – १०, गोँगबुँ, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: