स्रष्टा मिलन कार्यक्रम सम्पन्न

२४ आश्विन २०८२

काठमाडौं, असोज २२ गते । सिक्किमेली लघुकथा समाजकी संस्थापक अध्यक्ष लघुकथाकार त्रिपुरा खरेलसँग स्रष्टा मिलन कार्यक्रम सम्पन्न भयो ।

राजधानी स्थित द लंका क्याफे, बसुन्धरामा सम्पन्न भएको उक्त कार्यक्रममा लघुकथा सम्बन्धि विचार, विमर्श हुनुका साथै लघुकथाकार त्रिपुरा खरेलको लघुकथाहरू वाचन तथा समीक्षा गरिएको थियो ।

सो अवसरमा लघुकथाकार तारा के.सी., एन्जल निलु र त्रिपुरा खरेलले त्रिपुराका लघुकथाहरू वाचन गर्नुभएको थियो । वाचित लघुकथाहरू माथि समीक्षक कुमुद शर्मा प्याकुरेल, ध्रुवराज थापा ’पुरुष’ र दीपक लोहनीले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

लघुकथाकार कात्यायनले ’कोमामा आमा’ नामक आफ्नै लघुकथा वाचन गरेर सुनाउनु भएको थियो ।

खरेलका भाइ साहित्यकार मुनाल पोखरेलले आफ्ना बाबु मूर्धन्य साहित्यकार भएता पनि परिवारका सदस्यलाई साहित्यमा लाग्न प्रतिबन्ध भएको अनुभव साझा गर्नुभयो ।

अतिथि खरेललाई साहित्यकार तारा के.सी. र एन्जल निलुले खादा अर्पण गर्नुभएको थियो भने दीपक लोहनीले कार्यक्रम सन्चालनमा सहजिकरण गर्नुभएको थियो ।

लघुकथाकारहरु दीपक लोहनी, कुमुद शर्मा प्याकुरेल, धन्वन्तरी मिश्र, एन्जल निलु र ध्रुवराज थापा ’पुरुष’ले स्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्नुभएको थियो । यो स्रष्टा सम्मानको तेस्रो श्रृङ्खला हो ।

प्रतिक्रिया दिनुहोस्: