कविता

नेसनल युनाइटेड स्कुलका कविता

२९ आश्विन २०८२
नेसनल युनाइटेड स्कुल

दशैँ आयो
अविज्ञ हिमान्शु बुढाथोकी
कक्षा : ४

दशैँ आयो, खुशी छायो
नयाँ लुगा सबले पायो ।
आमा भन्छिन्, टीका लाऊँ
बुबा भन्छन्, जमरा काटौं ।
मिठा परिकार, रसिला कुरा
रोटी, सेल, मासुका थुप्रै पूरा ।
दाजु–दिदीको रमाइलो खेल
नाचगानले भरियो मेल ।
काग तिहार, कुकुरको पूजा
लक्ष्मी आउँछिन् घर घर सूजा ।
भाइटीकामा टीका, माला,
दिदीभाइको अटुट नाता पाला ।
दशैँ २०८२ रमाइलो साथ
सबैले गरौं सद्भावको बात ।
नयाँ उमंग, नयाँ सन्देश
शान्ति, माया, हर्ष विशेष ।
नेसनल युनाइटेड स्कुल
गणेशचोक, बूढानीलकण्ठ, काठमाडौं। 

 

घर फर्किने चाड
प्रकाश रिमाल
कक्षा : ८

चर्चा चल्यो दशैँको, रमाइलो भयो गाउँ
दाजु फर्किए शहरबाट, बहिनी खुसी ल्याऊ ।
बुबाको हातमा खसीको डोरी
आमाको भान्साले मीठो गन्ध छोडी ॥

घरको आँगन लिपपोत भयो
फूलको माला झलमल भयो ।
टीका र जमरासँगै दशैँ आयो
सबै साथै बसी खुसी पनि छायो ।

दशैँ नै हो हाम्रो नाता जोड्ने बेला
रिस राग बिर्सी हुन्छौ हामी भेला ।
सद्भाव प्रेम माया र आत्मीयता छ
दशैँ साँच्चै नेपाली जनको मनमा छ ।
नेसनल युनाइटेड स्कुल
गणेशचोक, बूढानीलकण्ठ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: