नेपालमा मनाइने चाडमध्ये बडादशैँ पनि एक हो । यो चाड असोज शुक्लपक्षको असोज या कात्तिक महिनामा पर्दछ । यो आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो ।
यो चाड खुब धुमधामसम्म मनाइन्छ । यो चाड शरद् ऋतुमा पर्ने हुनाले वातावरण एकदमै सुन्दर हुन्छ । सयपत्री र गोदावरी फूलले मगमगाउँदो बास्ना छर्ने र तिहारको आगमनको सङ्केत गर्दै मखमली फूलले पनि कोपिला हाल्ने हुनाले यो चाड निकै रमाइलो परिवेशमा पर्छ ।
बडादशैँले असत्यमाथि सत्यको विजय हुन्छ भन्ने सन्देश दिन्छ । अत्याचारी दानवको बध गर्ने दुर्गा भगवतीको पूजा आराधना गरी यो चाड धुमधामसँग मनाइन्छ । यो चाडमा जमरा राख्ने चलन पनि छ । यतिबेला विभिन्न शक्तिपीठहरूमा भक्तजनको ओइरो लाग्छ । बडादशैँको दशौँ दिनमा विजयादशमी पर्छ । यो दिन आफूभन्दा ठूलाका हातबाट रातो टीका र जमरा लगाएर आशीर्वाद थाप्ने चलन छ ।
बडादसैँमा परदेश गएकाहरू पनि घरदेश सम्झेर आउँछन् । शहरमा बस्नेहरू पनि गाउँ जान्छन् । त्यसैले यो चाड पारिवारिक पुनर्मिलनको चाड पनि हो । यो चाडमा चङ्गा उडाएर सपनाको आकाशमा उड्ने गरिन्छ साथै वर्ष दिनमा एकपटक भए पनि धर्ती छोड्नुपर्छ भनेर पिङ खेल्ने चलन छ । सबैले हर्षका साथ मनाउने यो चाडमा अति नै रमाइलो हुन्छ ।
कुन्दन शाह
कक्षा : ७
बाल विकास बोर्डिङ हाइ स्कुल
बूढानीलकण्ठ, काठमाडौँ ।


प्रतिक्रिया दिनुहोस्: