साहित्य
                                                                            
                                
                            देश दुःखेर रोइरहेको बेला
मन स्तब्ध भएको बेला
विरासतहरू खरानी भएको बेला
खै के मनाउनु तिहार पर्व ?
तिहार त हो पर्व उज्यालोको
कसरी र कहाँ छर्न सकौँला र खै !
झिलिमिली बत्तीको उज्यालो
गोदावरी र सयपत्री फुल्ने आँगन नै खरानी भएपछि
देउसी र भैलो भट्याउने मन नै सेलाएपछि
कहाँ मनाउनु र खै तिहार पर्व ?
मनमा छ केवल स्मृति खुशीको
झिलिमिली झिलिमिली
महान् चाड तिहार पर्वको ।
गोँगबुँ, नयाँबसपार्क, काठमाडौं।
हाल : अमेरिका। 

                                                                                                            
                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: