काठमाडौं, कात्तिक २ गते । हेम सरिता पाठक फाउन्डेसनले डालो रेस्टुरेन्ट, अनामनगरमा एक कार्यक्रमको आयोजना गरी ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो सार्वजनिक गरेको छ।
फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा आयोजित सो कार्यक्रममा लोकार्पित ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको गीत फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले लेख्नु भएको हो भने सो गीतको संगीत एवं गायन बी बी अनुरागी र शिशिर योगीले गर्नु भएको थियो ।
कार्यक्रममा फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले फाउन्डेसनको अभियानबारे स्पस्ट गर्दै गीतको उदेश्य बारे प्रकाश पार्नुभएको थियो ।
फाउन्डेसनका अन्तर्राष्ट्रिय महासचिव राधेश्याम लेकालीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नेपाली चलचित्रका नायक संजय खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकले भ्रष्टाचारको विरुद्ध सबै चनाखो हुनुपर्ने बताउँदै आगामी निर्वाचनमा भ्रस्टाचारीलाई भोट हुँदैन भन्नुभयो ।
कार्यक्रममा फाउन्डेसनका दूत वरिष्ठ कलाकार किरण के. सी., लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, गीतकार एवं समाजसेवी शोभित उप्रेती, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रा डा. गोविन्दमान सिंह कार्कीलगायतको उपस्थिति रहेको थियो ।

                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: