कविता

तिहारको उज्यालो

४ कार्तिक २०८२
भवानी मैयाँ पन्त

दीप जलाउँदै हर्षले आयो तिहार पावन,
रातो टीका, निधारमा, दिदी भाइको सावन ।
कागदेखि गाईसम्म पूजा हुन्छ प्यारले,
भाइटीका मिठास बोकेर, आउँछ हर्ष यारले ।

फूलमाया सजिन्छन्, घर आँगन रमाउँछ,
झिलिमिली बत्तीले, अन्धकार हाराउँछ ।
लक्ष्मीको बन्दना, समृद्धिको आशा,
मीठा, मीठा परिकार, बाँडिन्छन् निराशा ।

देउसी भैलोको रमझम ढोल मादलको ताल,
हर्षको लहर बोकेर आउँछ हर साल ।
सानोदेखि ठूलोसम्म नाचगानमा झुम्छन्‌
एक आपसमा मिलीजुली सबै खुशी बाँड्छन् ।

सात रङ्गको रङ्गोली, ढोका अघिल्तिर छ,
कृष्णपक्षको यो उज्यालो प्रेमको चित्र छ ।
माया, सद्भाव, आदर यही त हो सार,
हर्षोल्लासको पर्व हो, हाम्रो उज्यालो तिहार ।

पर्व हो यो एक प्रकृति र प्रेमको,
पशु मान्छे, देवता सबै सबैको ।
तिहारमा छ विशेष एकता र सम्मान,
नेपालको गौरव र पहिचान, तिहार महान् !
तारकेश्वर–११, नेपालटार, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: