कविता

तराई हेरे तराई राम्रो !

४ कार्तिक २०८२
Radhadevi Rajbanshi
राधादेवी राजवंशी

तराई हेरे तराई राम्रो समथर भूमि
हरियाली फाँट राम्रो अन्न भण्डार पनि
धानका बाला झुलेको झनै राम्रो
सबैसँग मिली बस्ने मान्छे राम्रो ।

पहाड हेरे पहाड राम्रो
पहाडका तरेली नि राम्रो
हरियाली वनपाखा वनैभरि फुलेको
सबको मन लोभ्याउने लाली गुराँस राम्रो ।

उत्तर हेरे हिमाल राम्रो
पङ्तिबद्ध लाम लागेको राम्रो
हिउँले ढाकेको हिमचुलीमा
घाम लाग्दा झनै राम्रो
हिमाल पहाड तराई
मिलेको देशै राम्रो ।

भाषा राम्रो, भेष राम्रो
सनातनदेखिको धर्म संस्कृति राम्रो
सबैसँग मिली बस्ने हाम्रो
बानी झनै राम्रो ।

सानो ठाउँ, सानो गाउँ
धेरै छन् धर्म, संस्कृति
सबको हुन्छ चाँड पर्ब
मिलिजुली मनाउँने प्रवृति छ राम्रो
आपसमा सघाउँने बानी झनै राम्रो ।

बहु जाति, भाषा, धर्म संस्कृतिका धनी
सबै मिली बसेका छन् एकता नै बल जानी ।

चार जात, छत्तीस वर्णको फूलवारी हाम्रो
सबै जना मिली बसेका छन् राम्रो ।

नयाँ बानेश्वर, शङ्खमूल, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: