कविता

क्यूपिड चिल्ड्रेन्स होम एकेडेमीको कविता

८ कार्तिक २०८२
क्यूपिड चिल्ड्रेन्स होम एकेडेमी

तिहार
परिधी यादव
कक्षा : ७

तिहार आयो खुशी ल्याई, घरआँगन सजाई
नयाँ लुगा, नयाँ आशा, हरेक मन रमाई ।

फूल फुल्छ बारीभरि, द्यौसी, भैलो खेल्छन्,
मिलनको सन्देश दिन्छ यो पर्वले भन्छन् ।

दाजुभाइ, दिदीबहिनी, टाढा बस्दा पनि,
तिहारले ल्याउँछ नजिक, एकै बनाउँदछ नि ।

तेल, दुबो, मखमली, प्रेम उपहार,
सप्तरङ्गी टीका, माला सद्भाव छ अपार ।

घर, गाउँ शहरमा उमङ्ग छ धेरै !
तिहारको रमाइलो पल, हृदयमा साह्रै ।

शान्ति, माया, मेलमिलाप यहीे चिनारी हो,
नेपालीलाई बाँध्ने सूत्र, तिहार अति प्यारो ।
क्यूपिड चिल्ड्रेन्स होम एकेडेमी
टोखा–३, बालुवापाटी, काठमाडौं। 

 

 

तिहार
जोएल गौतम
कक्षा : ६

तिहार आयो, सबैको मनमा उमङ्गको रङ्ग छायो,
खुसी र हर्षको पर्व, सबैको लागि तिहार आयो ।
नयाँ नयाँ कपड़ा लगाई बालबालिका रमाउँछन्,
द्यौसी, भैलोको आवाजले गाउँघर गुञ्जाउँछन् ।

कागतिहारको सुरुदेखि भाइटीकासम्म,
हरेक दिनको छुट्टै मजा आहा ! रम्झम्म ।
लक्ष्मी, दुर्गा, भवानीको ठोकी बाजागाजा,
गरिन्छ लौ प्रतिदिन राम्रो पूजाआजा ।

सप्तरङ्गी निधारमा रातो टीका लाई,
तेल हाली, मखमली माला पनि लाई ।
आएको छ तिहार यो खुसीयाली छर्न,
मनाऔँ है यमपञ्चक हाम्रो ठूलो धर्म ।

कोही खेल्छन् झण्डी–बुर्जा, कोही लट्टाई चङ्गा,
कोही खेल्छन् पिङ मच्चाई कोही यसै दङ्ग ।
०८२ को नेपाल संवत्, दीपावली, छठ,
तिहारको सबैलाई शुभकामना छ ।
क्यूपिड चिल्ड्रेन्स होम एकेडेमी
टोखा–३, बालुवापाटी, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: