साहित्य
                                                                            
                                
                            
                            काठमाडौं, कार्तिक २ गते आइतबार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा बूढानीलकण्ठ–४, पासिकोट, उज्यालोवस्तीमा कवितावाचन कार्यक्रम भएको छ ।
कवितावाचन कार्यक्रममा कविहरू मुकुन्द शर्मा चालिसे, मायादेवी शर्मा, कमला देवकोटा, अनिता लामा, अरुणबहादुर खत्री नदी, संगम सापकोटा, विजयध्वज थापा, बालिका गिरीलगायत साहित्यकारहरूले आआफ्नो कवितावाचन गर्नुभएको थियो ।
कवितावाचनको पहिलो श्रृङ्खला अरुण नदी खत्रीको घरमा भएको थियो । दोस्रो श्रृङ्खला मङ्सिर महिनामा मुकुन्द शर्मा चालिसेको घर बूढानीलकण्ठ–४, भसन्थलीमा हुने जनाइएको छ ।

                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: