कार्तिक १५, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको १७८ औँ शृङ्खलाको आख्यान वाचन कार्यक्रम समापन भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यो कार्यक्रमको प्रमुख अतिथि कथाकार तथा नियात्राकार महेन्द्र चालिसे हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा कथाकार दिवाकर न्यौपाने र उद्धव रायमाझी हुनुहुन्थ्यो ।
गोकर्णेश्वर नगरपालिका वडा नं.८, बेँसीगाउँको ढोल्खाधारो कुटीमा हरेक महिनाको तेस्रो शनिबार नियमित सञ्चालन हुने यो कार्यक्रममा स्वागत मन्तव्य आलोक चालिसेले गर्नुभएको थियो । यस १७८ औँ शृङखलामा सरिता दुलाल घिमिरे, सुशील आचार्य, रञ्जना पराजुली लम्साल, शारदा पराजुली, दिवाकर न्यौपाने, महेन्द्र चालिसे, आलोक चालिसे र परशुराम पराशरले कथा तथा लघुकथा वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गरेको यस कार्यक्रममा वाचित रचनाहरूको समीक्षात्मक टिप्पणी उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो ।

                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: