काठमाडौं, २०८२ कार्तिक २१ गते शुक्रबार । अभिनव साहित्य समाजले विद्यालय स्तरीय विकल अभिनव बाल प्रतिभा पुरस्कारको लागि आशु तथा स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
कार्यक्रममा हिम शृङ्खला एकेडेमी बाट आस्ना खड्का, सरस्वती मा.वि.बाट सुजल गौतम, गोकर्णेश्वर महादेव अङ्ग्रेजी मा.वि.बाट सोनिया पौडेल, रिडर्स इन्टरनेशनल मोडेल स्कुलबाट दीपदर्शन न्यौपाने, उत्तरवाहिनी बोर्डिङ्ग स्कुलबाट समृद्धि श्रेष्ठ, पर्ल्स इंलिश सेकेन्डरी स्कुलबाट सुवीयानी, इष्ट पोल मा.वि.बाट प्रिशाख फुयाल, सुसंस्कारबाट आद्रिका सापकोटा, एम्बेसडरबाट सरु लामा, रिपुमर्दिनी सैनिक स्कुलबाट चाँदनी कडारा, अरुणिमाबाट डार्विन खत्री, अप्क्लेन नेशनल स्कुलबाट आदर्श यादव, लिम्पिया नेशनल स्कुलबाट सविना गौतम, प्रणवानन्द विद्या मन्दिरबाट सिर्जना मगर, मनकामनाबाट निलिसा थापा, नव अरुणिमाबाट रोमी राउत, बाल संसारबाट कृसुप पौडेल, नेपाल विद्या सदनबाट अलिसा थापा, साङ्ग्रिला पब्लिक स्कुलबाट माङसाहाङ केरुङलगायत २५ वटा स्कुलबाट ३५जना सहभागी रहनुभएको थियो ।
सहभागी मध्ये रिपुमर्दिनीकी चाँदनी कडारा प्रथम, मनकामना माविबाट निलिसा थापा द्वितीय, हिम शृङ्खलाबाट आस्ना खड्का तृतीय, नव अरुणिमाबाट रोमी राउत र बालसंसारबाट कृसुप पौडेलले सान्त्वना प्राप्त गरेका छन् । विजेताहरुलाई क्रमश ५०००।–, ३०००।–, २०००।– र १०००।– नगद, प्रमाणपत्र र सहभागी सबैलाई बाल साहित्यका पुस्तक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक बी.पी. इलामे, परशुराम पराजुली, निर्णायकको भूमिकाम, शारदा पराजुली र मेनका पोखरेल अनि प्रमुख आमन्त्रितमा खोलाघरे साहिँलो रहनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: