चिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कूल

१ माघ २०८२

काठमाडौं । बढ्दो चिसोका कारण बालबालिकाको दैनिकी र शिक्षामा असर नपरोस् भन्ने सामाजिक दायित्वका साथ काठमाडौं युरो स्कूलले यस वर्ष पनि न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

काठमाडौं युरो स्कूल परिवारको आयोजनामा नुवाकोट जिल्लाको दुप्चेश्वर काउलेश्वरी माध्यमिक विद्यालय, सूर्यगढीस्थित कालिका माध्यमिक विद्यालय तथा लमजुङको पाणिनी माध्यमिक विद्यालयका करिब ७०० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।

कार्यक्रमका क्रममा विद्यालयका अध्यक्ष श्री प्रमोद पाण्डेले न्यानो कपडा वितरण गर्दै, ‘यो न्यानोपनले बालबालिकालाई चिसोबाट जोगाउनुका साथै आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिल्नेछ’, भन्ने सन्देश व्यक्त गर्नुभयो ।

यस मानवीय अभियानमा काठमाडौं युरो स्कूलका अभिभावक, विद्यार्थी, बाल क्लब तथा शिक्षक–कर्मचारीहरूको सक्रिय सहभागिता रहेको छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने कुरा विद्यालय प्रशासनका विश्वास लिएको छ । स्कूल प्रशासनले शिक्षा सँगसँगै समाजसेवाका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: