२०८२ माघ ४, काठमाडौं । नोबेल साकोस साहित्य संस्थाले साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गर्यो । सो सम्मान संस्थाका संस्थापक सदस्य रोहित कार्कीको सभापतित्वमा रत्न पुस्तकालय, मध्य बानेश्वरको प्राङ्गणमा हिजो आयोजित कार्यक्रममा सभापति कार्की, विशिष्ट अतिथिहरू डा. दामोदर पुडासैनी, पुष्प रञ्जित लगायतले दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा कवि गीता अर्यालको कवितासङ्ग्रह ‘पर्खाल भित्रको जून’को लोकार्पण पनि गरिएको थियो । कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार राधेश्याम लेकाली, सभापति रोहित कार्की, साहित्यकार डा. दामोदर पुडासैनीलगायतले गर्नुभएको थियो ।

नोबेल साकोस साहित्य संस्थाका अध्यक्ष राजनप्रसाद न्यौपानेको सक्रिय व्यवस्थापनमा आयोजित सो कार्यक्रममा सम्मानित व्यक्तित्व र लोकार्पित कृतिको बारे वरिष्ठ समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्कीले प्रकाश पार्नु भएको थियो ।
संस्थापक सदस्य सूर्य तामाङको स्वागत गर्नुभएको सो कार्यक्रममा डा. दामोदर पुडासैनी, बिष्णु गुरूङ, पुष्प रञ्जित, देवी पन्थी, गीता अर्याल, कविराज घिमिरे, पुष्प लुईंटेल, मीना अर्याल, सानु शर्मालगायतले आ-आफ्नो मन्तव्य र कविता वाचन गर्नुभएको थियो।
सोही कार्यक्रममा साहित्यिक योगदान पुर्याए बापत सर्जकहरु एञ्जेलिना न्यौपाने, सुरेशचन्द्र घिमिरे, सुनिता बराल, कविराज घिमिरे र दलबहादुर नेपालीसमेत सम्मानित हुनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्: