२०८२ फागुन २५, काठमाडौं । साहित्यिक पत्रकार संघले ४ कविलाई “व्यथित काव्य सम्मान” प्रदान गर्ने भएको छ ।
कविहरू विमला तुम्खेवा र मीनकुमार नवोदित “व्यथित काव्य सम्मान २०८२”बाट समानित हुने संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
यसैगरी संघले “व्यथित काव्य डायसपोरा सम्मान २०८२”बाट कविहरू लालगोपाल सुवेदी र दीपा राई पुन (अमेरिका)लाई सम्मानित गर्ने जनाइएको छ ।
सो निर्णय वरिष्ठ कवि एवं समालोचक प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरु श्रीओम श्रेष्ठ “रोदन” र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिको सिफारिसमा संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले निर्णय गरेको हो ।
कवि बिमला तुम्खेवाका बिमला तुम्खेवाका कविताहरु (२०५५), नदि छाल र तरङ्गहरु (२०६०), संस्मरण एउटा बूढो रुखको (२०६५) र हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे (२०७०) लगायत कृतिहरु प्रकाशित छन् ।
यसैगरी कवि मीनकुमार नवोदितका फूलबारीभित्रका भमराहरू (२०५७), झरीले रुझेको गाउँ (२०७०) र समयको बयान (२०७८)कवितासङ्ग्रहलगायत आधा दर्जन कृतिहरू प्रकाशित छन् ।
कवि लालगोपाल सुवेदीका फूलको देशमा, छायालाई माया नगर्नुहोस्, अग्नि आतङ्क, विक्रीमा पृथ्वी, पानी, योगमाया र इन्द्रेनी, सबाल्टर्न पात कवितासङ्ग्रहलगायत दर्जन बढी कृतिहरू प्रकाशित छन् ।
यसैगरी कवि दीपा राई पुनको तिम्रो सपनाको म (२०६८), स्पन्दनका रागहरू (२०७०), छुटेको बागदाता (२०७२), दियोको अन्तिम लप्का र शरदका पहेला पातहरू (२०७८) र प्रतिरूप (गीति एल्बम २०७४) लगायतका कृतिहरू प्रकाशित छन् ।
वि. स. २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्: