काठमाडौं, २०८२ फागुन ३० गते । अभिनव साहित्य समाजमा नियमित रूपमा सञ्चालन हुँदै आएको मासिक शृङ्खला तथा कवि गोष्ठीको २८९ औँ भाग समाप्त भएको छ । अभिनवले २५ वसन्त पार गरिसकेकोले यस कार्यक्रमलाई रजत महोत्सवको रूपमा मनाइयो । यस अवसरमा प्राध्यापक अभि सुवेदीलाई दशहजार नगदसहित अभिनन्दन गरिएको थियो । यस्तै अभिनव वेदमणि गजल पुरस्कारबाट गजलकार जित कार्की पुरस्कृत हुनुभएको थियो ।
प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वर न.पा.ले गरेको साहित्य–उत्थानका प्रयासहरूको चर्चा गर्नुभयो । विशेष अतिथिहरूमा, रामेश्वर फुयाल, ठाकुर शर्मा, शितल गिरी, कणाद महर्षि, मेघराज ढकाल, कविराज घिमिरे, शङ्कर भारति, निबन्ध आचार्य, खोलाघरे साइलो, मधुसूदन घिमिरे, कृष्ण सुवेदी भारद्वाज, गीतकार डा. पुरुषोत्तम श्रेष्ठ, विन्दु सुवेदी आदि रहनुभएको थियो । उपाध्यक्ष विमल अर्यालको सभापतित्व, शारदा पराजुलीको उद्घोषण, मेनका पोखरेलको स्वागत मन्तव्य, सम्मापत्र र गजल वाचन बी.पी. इलामे, घनश्याम प्रसाईको व्यवस्थापन, परशुराम पराजुली र गोविन्द घिमिरे वेदमणिले अभिनन्दित र पुरस्कृत व्यक्तिको विषयमा प्रकाश पार्नुभएको थियो ।
यस्तै आज बाचित कविताहरूमध्ये दुर्गा घिमिरे र आल्फी फोप्तेन फाक्लुम्पालाई उत्कृष्ट कविता प्रस्तुत गरेकोमा प्रेरणाप्रद पुरस्कार अर्पण गरिएको थियो । कविता वाचनमा सहभागी हुनेहरूमा सङ्गीता घिमिरे, मिन पराजुली, दिवाकर न्योपाने, संजय सोती, विश्वनाथ तामाङ, ब्रह्मप्रिय प्रेम स्वरूप, सुशील आचार्य, रामचन्द्र दाहाल, ठाकुर शर्मा, प्रार्थना खनाल, रामेश्वर श्रेष्ठ, भावना न्योपाने, वासु पौडेल, प्रदीपरत्न शाक्य, जनकपुरे, बद्रीप्रसाद सुवेदीआदिको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्: