साहित्य
गीत
तिमीसँग माया लगाएर मसँग के नै बाँकी छ र ?
मलाई दिएको हृदयभरिको घाउ नै थाती हो र ?
हिजोका बाचा बन्धन आजै यो नदीमा बगाइदेऊ
भै’ गो’ शून्यतामा बाँच्छु तिम्रो दिलबाट मेटाइदेऊ
अविश्वासी हाम्रो माया जूनताराभन्दा माथि हो र ?
तिमीसँग माया लगाएर मसँग के नै बाँकी छ र ?
एक्लै बगिरहने नदीलाई किनारको वास्ता हुँदैन
किनारले जति नै बङ्ग्याए पनि यात्रा रोकिँदैन
तिमीले धोका दिएको पहिलो साथी म नै होइन र ?
तिमीसँग माया लगाएर मसँग के नै बाँकी छ र ?
बनेपा–४, नाला, काभ्रे
हाल : गोँगबुँ, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्: