कविता

सामना

११ चैत्र २०८२
Radhadevi Pandey
राधादेवी पाण्डे

जे पर्छ डटेर सामना गरौँ
यहाँ पर हट्ने कुरै नगरौँ
गतिमा बग्नी नीलो गङ्गा हेरौँ
उदाए घाम आकाश हेरौँ ।१।

दिनमा लाग्ने सूर्यलाई हेरौँ
औँसीको रातलाई पनि हेरौँ
केहीबेरको हुरी बतास हेरौँ
मडारिने बेग कतिसम्म छ हेरौँ ।२।

आकाशका तारा गुजुमुजे हेरौँ
चम्किलो ध्रुव तारातिर हेरौँ
पूर्णिमाको सितल चन्द्र हेरौँ
दृश्य अदृश्य आत्माभित्र हेरौँ ।३।

अँध्यारोबाट उज्यालो हेरौँ
बादल भित्र सूर्य लुकेको हेरौँ
यो संसार विचित्र छ हेरौँ
बुझ्न कठिन छ सामना गरौँ ।४।

जलक्रीडा गर्नी पन्छी हेरौँ
दायाँ बायाँ सबैतिर हेरौँ
तेस्रो प्रहर तीनतारे हेरौँ
अँध्यारोबाट उज्यालो हेरौँ ।५।

गोँगबुँ, गणेशस्थान, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: