प्रकृति
आरती पाण्डे
कक्षा : ५ ’क’
हरियो वन, नीलो आकाश
सुन्दर देखिन्छ प्रकृतिको प्रकाश ।
फूल फुल्छन्, पन्छी गाउँछन्,
पवनको लहरीमा सबै रमाउँछन् ।
खोला, नदी, झरना झरझर
पाखा, पर्वत सुन्दर संसार अपार ।
धर्ती हाँस्छ जब वर्षा पर्छ,
जीवनको रङ्ग; प्रकृतिले रच्दछ ।
मानवले बुझोस् यसको माया
नष्ट नगरोस् यसको छाया ।
प्रकृति हाम्रो आमा हो,
जोगाऔँ, सम्मान गरौं सधै यो ।.
प्रकृति साँचो मित्र हो, जसले कहिल्यै धोका दिँदैन ।
आमा
सुहानी पाठक
कक्षा : ५ ’क’
मेरो जन्म हुँदाखेरी
हास्नु भाथ्यौ रे !
रुँदै रुँदै छातीमा
टास्नु भाथ्यौ रे !
मेरो जन्म दुःखी कर्म
तिम्रो भयो मरन
बाँच्न मलाई कति गाह्रो
कसको लिनु शरण !
देख्छु सबको परिवार
हाँसी खुसी साथमा
दिनमा रुने साथी छैन
रुन्छु आमा रातमा ।
तिम्रोअघि मनको दुःख
फोर्न पा’को भए
साथमा बसी तिम्रो तस्बिर
कोर्न पा’को भए ।
न त मेरो खुसी देख्यौ
न त तिम्रो मैले
मलाई पनि तिमीसँगै
किन लगिनौ पैले ?
विद्यार्थी जीवन
श्रबिम भण्डारी
कक्षा : ५ ’क’
विद्यार्थीको यात्रा, सपनाको बाटो,
श्रमले बन्छ सफलताको घाँटो।
पुस्तक–कापी साथी, कलम हाम्रो हात,
ज्ञानको उज्यालो, भविष्यको जात।
बिहानै उठेर विद्यालय जाने,
सिक्दै–सिकाउँदै अघि बढ्ने।
खेल, पढाइ, हाँसो र साथी,
जीवनभरि काम लाग्ने यी बानी ।
गरौँ परिश्रम, लक्ष्य नछोडौँ,
विद्या र संस्कार कहिल्यै नबिर्सौं ।
सेई बोडिङ्ग स्कूल
लिखु–६, छहरे, नुवाकोट ।


प्रतिक्रिया दिनुहोस्: