सक्छौ देशमा बस
सक्दैनौँ देशभन्दा पर पुगेर परदेशी बन ।
परदेशलाई नियाल्ने हो, अँगाल्ने होइन
परदेशमा डुल्ने हो, भुल्ने होइन ।
परदेशको सङ्गत गर्नु, पलायन नहुनू ।
परदेशमा धन कमाऊ र कसैको खास बन
स्वदेशमा फर्क र आमाबाबुको श्वास बन ।
जीवनको अन्तिम समयमा सँगै बस
आमाबाबुले भन्न बाँकी कुरा सुन ।
मलामीले जसरी टाढा बसेर सुन्ने काम नगर ।
आफैसँग बस्ने भएर त तिमी आफन्त हौ
आमाबाबुका आवाज सुन्ने भएर त तिमी आत्मा हौ ।
स्वदेशमा सँगै बस्यौ भने त
आमाबाबु बित्दा लासलाई काँधमा हाल्नसक्छौ ।
परदेश बसेर मलामीले जस्तो
काठलाई मात्र काँधमा राख्ने नबन ।
नजिकै बसेर आमाबाबुका हरेक कुराको साक्षी बन्ने कोसिस गर ।
आमाबाबुले तिमीलाई काँधमा चढाएर संसार देख्ने बनाए
मृत्युमा तिमी उनीहरूलाई काँधमा चढाएर लैजाऊ ।
तिमीलाई बिदाइ गर्दा आँसुको साथ
विमान स्थलमा हात हल्लाएको सम्झ
आमाबाबुको किरिया–कर्ममा सट्टा वा ज्यालामा मान्छे नराख ।
छोराछोरीले कमाएको धनले मात्र आमाबाबु सधैं बाँचिन्न
छोराछोरी एकदिन फर्किन्छन् भन्ने आशले मात्र सधैं आयु साँचिन्न ।
हो त्यसैले त !
जान – आउन नछोड्नू
जानू – आउनू नभुल्नू ।
आयो – गयो माया मोहो
आएन – गएन को हो ! को हो !


प्रतिक्रिया दिनुहोस्: