साहित्य
गजल
लागेन ईश्वरको भरोसा र विश्वास पनि
ल्याउला परिवर्तन भन्ने छैन आस पनि ।
मैले वर्षौंदेखि खालीपेट रुँदै हात जोडिरहेँ
सुनसान हेर्दै मुस्कुराउँदै अल्झायो सास पनि ।
आज सम्झन्छु अभावका ती चित्कारहरू
ईश्वरले दिनसकेन गाँस, बास र कपास पनि ।
मान्छेभित्र पाइन्छ भगवान् तपाईं भन्नुहुन्थ्यो
त्यसैले आफ्नाहरू हुनुको पाइन आभास पनि ।
उभिन खोज्दा अपाङ्ग पार्ने समाज यही हो
आज दोसल्ला ओढाउँछ रे ! लागेन खास पनि ।
सुनकोशी, ओखलढुङ्गा
हाल : काठमाडौं–९, सिनामङ्गल ।


प्रतिक्रिया दिनुहोस्: