साहित्य
बन्द किताब हुँ म
खुला किताब पढेझैं
सजिलो छैन पढ्न मलाई ।
तिमीले
पछ्याउन सक्नुपर्छ मेरा पाइलाहरू
मिहिनेतले मात्र बुझ्नेछौ छर्लङ्ग घामझैँ ।
कौतूहल चलिरहेछ तिमीलाई
नपढिएको किताबझैं ।
समय र जीवन
दुवै छन् आश्चर्यको घेरामा
आखिर भविष्य पनि त
एउटा बन्द किताब नै हो ।
आऊ–
तिमीले र मैले खोलौँ बन्द किताब
र पढौ हरेकको जीवनगाथा ।
गोँगबुँ, नयाँ बसपार्क, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: