लघुकथा

सम्बन्ध

१६ चैत्र २०८२
गङ्गा खड्का

‘ओहो दिदी ! शहरमा त निकै बस्छु भनेर जानुभएको मान्छे यति चाँडै पो आउनुभएछ त ?’ मैले अफिस जाँदा बाटामा भेटिनुभएको मन्दिरा दिदीलाई सोधेँ ।
‘सबै कुरा सोचेजस्ता कहाँ हुन्छन् त नानी ? बस्न भनेर गएको त हो नि तर बस्नै मन लागेन ।’ उहाँले अनुहार बिगार्दै भन्नुभयो ।
मैले एकतमासले उहाँको अनुहारमा हेरेँ । उहाँले पनि मलाई त्यसरी नै हेरिरहनुभयो । मलाई अप्ठ्यारो महसुस भयो । त्यसपछि कुराको चुरो भेट्टाउने उद्देश्यले मैले भनेँ, ‘बस्नुभएको भए राम्रो हुन्थ्यो नि दिदी ! यहाँ थोत्रो घरमा एक्लै बस्नुको सट्टामा त्यहाँ पक्की घरमा सबैसँग बस्नुमा नै आनन्द हुन्थ्यो नि !’
‘आ ! मनको बह कसैलाई नकह । सहरमा घर पक्की भएर के गर्नु नानी ! सम्बन्ध एकदमै कच्चा हुँदोरहेछ ।’ उहाँले आँखाभरि आँसु पारेर भन्नुभयो ।
बूढानीलकण्ठ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: