कविता

रिया र रामकृष्णको कविता

१९ चैत्र २०८२
ज्योतिकुन्ज एकेडेमी

अत्याचारी व्यवहार
रिया श्रेष्ठ
कक्षा : ७

अत्याचारी व्यवहारले नमेटिने घाऊ भा’ छ
हाम्रो सोझोपना अरूका लागि दाउ भा’ छ ।
गर्दैनन् कहिल्यै अझै सवाल किन यिनीहरू ?
अस्वस्थलाई आजकल भित्र आऊ भा’ छ ।
सुख, शान्ति, समृद्धिमा सबै आफ्ना हुन्छन्
इष्टमित्र सब जनाको सम्पत्ति माउ भा’ छ ।
सत्यम् शिवम् सुन्दरम्‌का भावहरू
मेटिएर गएछन् सबै कतैतिर पाउ भा’ छ ।
गेरु वस्त्रधारी बाबा मोजमस्तीमा डुबेपछि
आज पवित्र आत्म किन होला ? राहु भा’ छ ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट। 

मेरो देश
रामकृष्ण अधिकारी
कक्षा : ७

मेरो देशको शान तराई, पहाड, हिमाल
मेरो लागि प्राणभन्दा प्यारो नेपाल ।
हरिया हरिया जङ्गल हरिया हरिया रुख
मेरो लागि मेरो देश धन, सम्पत्ति, सुख ।
भारत र चाइनाको बीचमा परेको
विदेशबाट फर्किएर आप्‌mनै देशमा झरेको ।
मलाई पहिला लाग्थ्यो विदेश जाने रहर
आफ्ने ठाउँको न्यास्रो लाग्यो फर्कें म त शहर ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, थानसिङ, नुवाकोट। 

प्रतिक्रिया दिनुहोस्: