लेख

उत्कृष्ट बालप्रतिभा

२० चैत्र २०८२
नेशनल ब्लुमिङ्ग फ्लावर एकेडेमी

पढाइको साथै विविध क्रियाकलापमा लम्किरहेका उत्कृष्ट पाइला
एन.बि.एफ.ए.मा चम्कँदै गरेका प्रतिभा युजन
युजन के.सी.

पिता केशब बहादुर के.सी तथा माता चम्फा के.सी.को कोखबाट जन्मिएका युजन के.सी.को स्थायी घर बूढानीलकण्ठ नगरपालिका–३, नारायणस्थान हो । शिशु कक्षादेखि नै नेशनल ब्लुमिङः फ्लावर एकेडेमीमा अध्ययनरत उनी अहिले कक्षा–८ मा पढ्दै छन् । विद्यालय कै उत्कृष्ट र अनुशासित विद्यार्थीका रूपमा परिचित युजनको रुचि भने साहित्य लेखन रहेको छ  । भविष्यमा भने उनको एउटा सफल सफ्टवेयर इञ्जिनियर बन्ने लक्ष्य रहेको छ । मिलनसार, सबैको आदर–सम्मान गर्ने बानी भएका युजन पढाइमा कक्षा कै उत्कृष्ट विद्यार्थी हुन् । पढाइका साथसाथै सबै जसो अतिरिक्त क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाउने युजन विभिन्न आन्तरिक तथा बाह्य प्रतियोगितामा पनि सहभागिता जनाउने गर्दछन् । उनको आचरण, व्यवहार र पढाइप्रतिको लगनशीलताका कारण नै विद्यालयका हरेक शिक्षकको प्रशंसनीय छात्रका रूपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्: