पढाइको साथै विविध क्रियाकलापमा लम्किरहेका उत्कृष्ट पाइला
प्रशंसनीय बालप्रतिभा अंकित
अंकित बिष्ट

पारामाउण्ट एकेडेमी, टोखा–८ गोङ्गबुँ, काठमाडौँमा कक्षा : ९ मा अध्ययनरत छात्र अंकित बिष्ट पिता सन्तोष बिष्ट र माता कविता बिष्टको कोखबाट नुवाकोटमा जन्मिएका हुन् । उनी उस यस विद्यालयमा नर्सरीमा भर्ना भएर निरन्तर अध्ययनरत छन् । पढाइ, लेखाइमा अत्यन्त उत्कृष्ट रहँदै आएका अंकित आन्तरिक तथा बाह्य प्रतियोगिताको साथै कक्षागत परीक्षाहरूमा पनि प्रथम तथा द्वितीय स्थान हासिल गर्दै आएका छन् । साथै अंकितको साहित्यप्रतिको रुचि पनि उत्तिकै भएको पाइन्छ । उनी सङ्गीतका विभिन्न प्रतियोगिताहरूमा पनि प्रथम तथा उत्कृष्ट स्थान दासिन गर्दै आएका छन् । कक्षा : ९ मा अध्ययन गर्ने अंकित बिष्ट फुटबल प्रतियोगितामा गोल्ड मेडल, बास्केटबल प्रतियोगितामा गोल्ड मेडल र ब्रोञ्ज मेडल, टेबल टेनिसमा सिलबर मेडल र ब्रोञ्ज मेडल, क्रिकेट प्रतियोगितामा सिलबर मेडललगायत अनेक सम्मान तथा पदक प्राप्त गर्न सफल हुँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्: