पढाइको साथै विविध क्रियाकलापमा लम्किरहेका उत्कृष्ट पाइला
सधैं पुरस्कृत र सम्मानित हुने रसिला
रसिला भण्डारी

नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका–८ निवासी रसिला भण्डारीको जन्म वि.सं.२०६८ मंसिर ४ गते बुबा राजु भण्डारी र आमा रमिला भण्डारीको कोखबाट भएको हो । हाल उनी लिखु गाउँपालिका–६, छहरे, नुवाकोटस्थित सेइ बोर्डिङ स्कुलमा कक्षा : ८ मा अध्ययनरत छिन् । उनले नर्सरी कक्षादेखि नै यसै विद्यालयमा निरन्तर अध्ययन गर्दै आएकी छिन् ।
पढाइप्रति अत्यन्त लगनशील, अनुशासित तथा मिहिनेती छात्रा रसिला प्रत्येक वर्ष विद्यालयभित्र उत्कृष्ट तीन विद्यार्थीभित्र पर्न सफल हुँदै आएकी छिन् । उनको विशेष रुचिका क्षेत्रहरूमा साहित्य अध्ययन, चित्रकला, पुस्तक पठन तथा खेलकुद पर्दछन् ।
उनले प्राप्त गरेका सम्मान तथा उपलब्धिहरूका कुरा गर्दा लिखु गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा भलिबलतर्फ उनको टिमले तृतीय स्थान प्राप्त गरेको थियो । त्यस्तै विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा उनले प्रथम स्थान प्राप्त गरिन् । नेपाली हस्तलेखन प्रतियोगितामा रसिला यसपालि प्रथम भइन् । विद्यालयको बिहानी सभा अन्तर्गत हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेकी भण्डारीले बादविवाद र वक्तृत्वकला प्रतियोगितामा पनि प्रथम स्थान ल्याउन सफल भइन् । विद्यालयबाट ‘अनुशासित विद्यार्थी’ को रूपमा सम्मानित हुने रसिलाले विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा समेत अनेकौँ सफलता हासिल गरेकी छिन् ।
रसिला भण्डारी जस्तो उदीयमान प्रतिभाले शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा निरन्तर उत्कृष्टता प्रदर्शन गर्दै भविष्यमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास गरिएको छ । उनी विद्यालय, घरपरिवार तथा समाजका लागि प्रेरणाको स्रोतका रूपमा अघि बढिरहेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्: