साहित्य
गजल
सुशीला शर्मा धमला
सुनकोशी, ओखलढुङ्गा
तिमी साथ पाए गजल बन्छ मेरो
कठीन यो जवानी सरल बन्छ मेरो ।
तिमी झलमलाए म न्यानो हुनेछु
सदा यादले दिल अटल बन्छ मेरो ।
सकाएर यौवन गरौँला प्रतिक्षा
बुकीफूल जीवन कमल बन्छ मेरो ।
नयनबाट पीडा सबै हट्छ निश्चित
पराले छ झुपडी महल बन्छ मेरो ।
नवीन साथ देऊ मिलाएर भाग्य
बगर यो जवानी सफल बन्छ मेरो ।
हाल : काठमाडौं–९, सिनामङ्गल ।


प्रतिक्रिया दिनुहोस्: