नुवाकोट गोँगबुँ सम्पर्क समाजको भित्तेपात्रो विमोचन

३० चैत्र २०८२

काठमाडौ, २०८२ चैत्र २९  गते । ‘एकता, भातृत्त्व र समन्वय’ को भावनाले स्थापित नुवाकोट गोँगबुँ सम्पर्क समाज, टोखा–११, काठमाडौंले नव वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदान प्रदान, भित्तेपात्रो विमोचन, नव निर्वाचित माननीय मन्त्री तथा सांसदहरूलाई बधाई एवं चियापान कार्यक्रमको आयोजना गरेको छ ।

समाजकी प्रथम उपाध्यक्ष निशा पाण्डेको अध्यक्षता र नुवाकोट क्षेत्र नं.२ का संघीय सांसद अचुतम लामिछानेको प्रमुख आतिथ्यमा भित्तेपात्रो लोकार्पण तथा शुुभकामना आदान प्रदान, बधाई र चियापान कार्यक्रम सम्पन्न भएको थियो । समाजकी महासचिव गायत्री लामिछानेको सञ्चालन तथा सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि सांसद लामिछानेले जनताको आशा र भरोषाको जगमा निर्वाचित जनप्रतिनिधिहरूललाई ढिलासुस्ति, काम पन्छ्याउने र अल्छी गर्ने छुट नभएको बताउनुहुँदै यो कुरा राष्ट्रका सबै क्षेत्र र अङ्गमा लागुहुने भएकाले सबैले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने कुरा बताउनुभयो ।

कार्यक्रममा सभापति निशा पाण्डे, द्वितीय उपाध्यक्ष राजन सेढाई, सदस्य ईश्वरी आचार्य, संस्थापक पूर्व अध्यक्ष उत्तम अधिकारी, सल्लाहकारहरू राजाराम पुडासैनी, योगेन्द्रराज पाण्डे, केदारनाथ पाठक, रुद्र सिंह तामाङ्ग, डा.राशरण पाठक, समाजसेवी बिनिता अर्याललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा नुवाकोट गोँगबुँ सम्पर्क समाजका आजीवन सदस्यहरू, सल्लाहकारहरू, शुभेच्छुक–शुभचिन्तकहरू, विज्ञापनदाता तथा सम्पूर्ण नेपालीदाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामनासहित नुवाकोट गोँगबुँ सम्पर्क समाजले प्रकाशन गरेको वि.सं. २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: