कविता

मधुसूदनप्रसाद घिमिरेको भानुकाे सम्झना कविता

३२ असार २०८३
मधुसूदन प्रसाद घिमिरे

कविता
भानुकाे सम्झना
मधुसूदनप्रसाद घिमिरे

दुर्लभ् थियाे लेख्न र बाेल्न लाई
त्यै बेलामा भानु जन्मेर आई
लेखे उन्ले राम मानव् चरित्र
संकृतिका विद्वान भानु मित्र।

लेखे उन्ले बधु शिक्षा प्रणाली
लेख्दै हिडे फूट्कर काव्य माली
संकृतिकाे रामका ग्रन्थलाई
नेपालीमा लेखी भाषा उचाली।

पुग्थे जता लेखिहाल्थे कविता
भक्तमाला पुस्तक काव्यलीला
लेखे राखे छाप्न थियाे कठिन
भानु कृति उर्वरा चम्किइन।

माेति जन्मे भानु कृति छपाए
आफना मिठा काव्य रस् फर्फराए
माेतिराम्ले भानुलाइ चिनाए
माेति आफै काव्य रस्मा रमाए।

अल्पायुमै माेतिराम बिलाए
तिस् वार्षमै काव्य श्री नाम पाए
लेखे उन्ले सुक्तिसिन्धु, अनेक
प्रष्ट्याएर भानुभक्त विशेष।

नयाँ बानेश्वर, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्: