कविता

मेरी आमा

१७ चैत्र २०८२
युनिशा तामाङ्ग

मेरी आमा
युनिशा तामाङ
कक्षा : ३

आमा तिमी गाउँमा म सहरमा
भेटेर रमाउने रहरै रहरमा
यो शहरको भीडमा एक्लै बसेर
पखाल्दै छु दुःख आँसु खसेर ।

सपनीमा पनि तिमीलाई देख्छु
मनका भावना शब्दमा लेख्छु
जति गरे नि बुझ्दैन चित्त
पोखुँ गुनासो मैले कोसित ?

तिमीलाई पनि भयो होला गाह्रो
टाढा रहँदा सन्तान प्यारो
के गर्नु आमा ! बनाउनु छ भविष्य
पुग्नु छ आमा ! उज्यालो गन्तव्य ।

फर्कुंला गुँड हालेर पङ्ख
पढी, लेखी भएर चङ्ख
बसे है आमा हेरेर बाटो
खसाली आँसु रुनुको साटो ।

बाल विकास बोर्डिङ हाई स्कुल
बूढानीलकण्ठ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: