काठमाडौं युरो स्कुल बारे आयुष्मा र अबिशाका कुरा

२९ बैशाख २०८३

युरो स्कुलले किताबी ज्ञान मात्र नदिई व्यवहारिक शिक्षामा जोड दिन्छ


आयुष्मा पौडेल
पूर्व विद्यार्थी
२०८१ ब्याच

१. अहिले के गर्दै हुनुहुन्छ ?
– हाल म अरोमा कलेजमा पढिरहेकी छु । bio-science लाई प्रमुख विषय बनाएकी छु ।

२. स्कुलका साथीहरूको सम्झना कत्तिको आउँछ ?
– स्कुलका साथीहरूको सम्झना धेरै आउने गर्छ । स्कुलमा रहेका साथीहरूसँगको याद र रमाइला पलहरू अविस्मरणीय छन् । विद्यालयका साथी र पलहरूको याद धेरै आउँदो रहेछ भन्ने मैले महसुस गरेकी छु ।

३. काठमाडौं युरो स्कुलको राम्रो पक्षहरू के हो जस्तो लाग्छ ?
– मेरो विचारमा काठमाडौँ युरो स्कुलको राम्रो पक्ष भनेको यस स्कुलले विद्यार्थीलाई किताबी ज्ञानमा सीमित शिक्षामा मात्र जोड नदिई व्यवहारिक संसारसँग परिचय गराउनका लागि अन्य क्रियाकलापहरूमा पनि जोड दिन्छ ।
काठमाडौं युरो स्कुलले व्यक्तिगत रूपमा सम्पूर्ण विद्यार्थीलाई हेरचाह प्रदान गर्छ र सुरक्षाका लागि स्कुलका हरेक ठाउँमा CCTV को व्यवस्था गरिएको छ ।

४. यस स्कुलले सुधार गर्नुपर्ने कुराहरू के छन् जस्तो लागेको छ ?
– विद्यालयले अझै समय पालना, अनुशासन र भौतिक संरचना निर्माणमा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

५. स्कुलमा पढिरहेका भाइबैनीहरू र अभिभावकहरूलाई दिनुपर्ने कुनै सुझावहरू छन् कि ?
– यस विद्यालयमा पढिरहेका भाइबहिनीहरूलाई म आफ्नो छोराछोरीको पढाइमा निग्रानी राख्ने र विद्यार्थीका लागि काम गरिरहेको युरो स्कुललाई साथ दिन अनुरोेध गर्छु ।
काठमाडौं युरो आई.बी. वर्ल्ड स्कुल
टोखा–८, गोँगबुँ, काठमाडौं।

काठमाडौं युरो स्कुल अनुभवी शिक्षक र गुणस्तरीय शिक्षाको केन्द्र हो


अबिशा घले
पूर्व विद्यार्थी
२०८१ ब्याच

१. अहिले के गर्दै हुनुहुन्छ ?
SEE परीक्षा उत्तीर्ण गरेपछि म हाल कलेजमा आफ्नो रुचिको विषयमा अध्ययन गरिरहेको छु ।

२. स्कुलका साथीहरूको सम्झना कत्तिको आउँछ ?
– स्कुलका साथीहरू मेरा कलेजका साथीहरूभन्दा पनि धेरै प्रिय छन् । त्यसैले स्कुलका साथीहरूको सम्झना धेरै नै आउँदछ ।

३. काठमाडौं युरो स्कुलको राम्रो पक्षहरू के हो जस्तो लाग्छ ?
– काठमाडौं युरो स्कुलको राम्रो पक्ष नै मलाई त शिक्षा र यहाँका शिक्षकहरू लाग्दछ । यहाँ हरेक कमजोर विद्यार्थीको कमजोरी पत्ता लगाई त्यसलाई सुधार गरिन्छ । यहाँका शिक्षकहरू सहयोगी, अनुभवी र विद्यार्थी मैत्री हुनुहुन्छ जसले गर्दा पढाइलाई सजिलो र रुचिकर बनाउनुहुन्छ ।

४.यस स्कुलले सुधार गर्नुपर्ने कुराहरू के छन् जस्तो लागेको छ ?
– मेरा यी धेरै वर्षका अनुभवमा मैले काठमाडौं युरो स्कुलको अहिलेसम्ममा कुनै कमी कमजोरी भेटेको छैन । यहाँको पढाइ प्रणाली, नियम–निर्देशन, शिक्षक–शिक्षिकाको सिकाइ र वातावरण सबै व्यवस्थित रहेको छ ।

५. स्कुलमा पढिरहेका भाइबैनीहरू र अभिभावकहरूलाई दिनुपर्ने कुनै सुझावहरू छन् कि ?
– स्कुलमा पढिरहेका भाइबहिनीहरूलाई मेरो सानो सुझाव यही हो कि विद्यालयले दिएको सुविधा, अवसर र वातावरणको पूर्ण रूपमा सदुपयोग गर्नुहोस् । अभिभावकहरूलाई म यही सल्लाह दिन चाहन्छु कि आफ्ना सन्तानलाई यही विद्यालयमा निरन्तर अध्ययन गराउनुहोस्, यहाँ अनुभवी शिक्षकहरू, सुरक्षित वातावरण र गुणस्तरीय शिक्षाको सुविधा रहेको छ ।
काठमाडौं युरो आई.बी. वर्ल्ड स्कुल
टोखा–८, गोँगबुँ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: