लालित्य सिर्जनाको शुभकामना कार्यक्रम !

२२ कार्तिक २०८३

२०८३, काठमाडौं, कार्तिक २१ गते शनिबार । इमाडोल, ललितपुरको लालित्य सिर्जना समाजले काठमाडौंको पुतलिसडकस्थित ग्रीनलिफ फूडमा शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाको उपाध्यक्ष साजन थापाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रा.डा.गोविन्दमान सिंह कार्कीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका विशिष्ट अतिथिहरूमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ, संस्कृतिविद् डा. निर्मला पोख्रेल रहनुभएको थियो ।

संस्थाका सल्लाहकार दिव्य गिरीले संस्थाको परिचयको साथै उपस्थित अथितिहरूमा स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि विश्वविमोहन श्रेस्ठ, डा.निर्मला पोख्रेल र राधेश्याम लेकाली, सभापति साजन थापा, प्रमुख अतिथि प्रा.डा.गोविन्दमान सिंह कार्कीले नेपाली संस्कृति, भाषा, साहित्यका विविध पाटामा प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले तिहार, नेपाल संवत्, म्ह:पूजाको महत्व र आवश्यकताका बारेमा  पनि आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

त्यस अवसरमा कविता वाचन गर्ने स्रष्टाहरूमा सुमन थापा संगम, सुमन सौरभ, च्यवन बस्नेत, दुर्गा किरण तिवारी, राजाराम राउत, राज रजक, शेखर आचार्य, श्याम श्रेष्ठ, एकता के.सी., सुभासचन्द्र पौडेल भिमफेदिया, निर्मलरमण पराजुली लगायत रहनुभएको थियो ।

कार्यक्रमको संयोजन तथा सहजीकरण समाजकी सचिव नीरा श्रेष्ठ महर्जनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: