विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना !

१ कार्तिक २०८३

दशैंको धार्मिको तथा सांस्कृतिक महत्व
डा.सत्यराज थपलिया
लिखु – ६, थानसिङ्ग, नुवाकोट। 

प्रश्न १ : दसैको शाब्दिक अर्थ के हो ?
उत्तर : आश्विनशुक्ल प्रतिपदादेखि दशमीसम्म र त्यसपछि
कोजाग्रत पूर्णिमासम्म पनि मानिने पर्व वा उत्सव नै
दशैँको शाब्दिक अर्थ हो । चैत्रशुक्ल अष्टमीलाई चैतेदशैँ
र आश्विन शुक्लअष्टमीलाई बडादशैँ भनिन्छ ।

प्रश्न २ : दशैंको धार्मिक अर्थ के हो ?
उत्तर : ज्योतिस शास्त्रानुसार चन्द्रमासको प्रत्येक पक्षको दशौँ तिथिलाई दशमी भनिन्छ । संस्कृतको दशमी
बोधक शब्द नै दशैँ हो । मानिसको दशौं या अन्तिमावस्थालाई पनि धर्मशास्त्र र आयुर्वेदले दशमी भनेको
छ । त्यसैले दशैँको धार्मिक अर्थ मोक्ष पनि हो ।

प्रश्न ३ : दशैँ कहिलेदेखि कहिलेसम्म मनाइन्छ ?
उत्तर : यस वर्ष अर्थात् २०८३ सालको बडादशैँ सरोज २५ गते आइतबार घटस्थापना गरी ३१ गते शनिश्चर
बार फूलपाती भित्र्याएदेखिन् कार्तिक १ गते महाअष्टमी (कालरात्रि) कार्तिक ३ गते महानवमी, ४ गते
बुधबार देवी विसर्जन गरी दशैँको टीका, जमरा विजयोत्सव मनाएर दशैँ मानिन्छ । माइती, मावली,
ससुराली गएर मान्य जनहरूबाट टीका आशीर्वाद ग्रहण गर्न त्यसै दिन नभ्याइएमा कोजाग्रत पूर्णिमामा
अखिलवलिपूर्ति नभएसम्प पनि ग्रहण भर्न सकिन्छ ।

प्रश्न ४ : दशैँको ऐतिहासिक परम्परा कसरी सुरु भयो ?
उत्तर : पैले लङ्का विजय गरनै रामले अम्विकाको ।
पूजा गर्दा वर मिलन गै’ यो प्रथा चल्न गा’को ॥
हो, दुर्गाको सकल जनले चित्तमा भक्ति राखी ।
पूजा गर्दै विजय गर है आफनै दोष माथि ॥

शक्ति उपाशनाको इतिहास पृथ्वीभन्दा पनि जेठो छ । कमल नालमा बसेका ब्रह्मालाई मधु र कैटभ
नामका दानवले दुःख दिँदा ब्रह्माले योगमायाको उपशंना गर्दा उनैको प्रेरणाले योगनिद्राबाट व्यूँझिएका
विष्णुले पनि देवीकै उपासना गरेर पाएको शक्तिद्वारा उक्त दानवहरूलाई मारेपछि ब्रह्माले पृथ्वी
सृष्टि गर्न सफल भएका कथा स्कन्दपुराण हिमवत्खण्डमा छ । अशुद्ध ऐ ऐ वाग्बीजको उच्चारण गर्दा
सत्यव्रतलाई सिद्धिप्राप्तभएको कथा देवी भागवत ३/११ अध्यायमा उल्लेख भएको छ । सत्ययुगमा
शचीले सतित्व रक्षार्थ र इन्द्रले नमुचि बधार्थ, त्रेतायुगमा रामले रावण बधार्थ र द्वापर युगमा भालुको
गुफामा पसेका श्रीकृष्ण १२ दिनसम्म पनि बाहिर ननिस्कँदा दुःखित भएका द्वारकावालीले शक्ति उपाशना
गरी वर प्राप्त गरेपछि जाम्वतीसहित श्रीकृष्ण आउनुभएको कथा भागवत १०/५६ अ. मा छ ।

रामायण अनुसार नेत्रायुगदेखि विधिपूर्वक घटस्थापना गरेर नवदुर्गाको उपाशना सुरु गर्ने परम्परा सुरु
भएको देखिन्छ ।

प्रश्न ५ : दशैँ मान्नाले कसरी मानव कल्याण हुन्छ ?
उत्तर : ऐर्श्वयवचन सक्‌च तिः पराक्रमवाचक ।
तत्स्वरूपा तयोर्दात्री या सा शक्तिः प्रकीर्तिता ॥१०॥
समृद्धि बुद्धि सम्पत्ति यशसां वचनो भगः ।
तेनः शक्तिर्भगवती भगरूपा च सा सदा ॥११।
ब्रह्मवैवर्त पुराण प्र.खण्ड अ.१ ।

अर्थात् शक् = ऐश्वर्य + तिः पराक्रम = शक्ति = ऐश्वर्य र पराक्रम स्वरूपा । भग = समृद्धि, बुध्दि,
सम्पत्ति र कीर्ति + वती = हुने = भगवती = उपशना गर्ने भक्तलाई ऐश्वर्य दिने ।

कलिका मानवलाई उक्त शक्ति ऐश्वर्य दुवै चाहिएको छ । दशैँमा भक्तिपूर्वक शक्ति (देवी) उपासना गर्नाले
शक्ति, समृद्धि, बुद्धि सम्पत्ति र कीर्तिसमेत प्राप्त हुने हुँदा मानव कल्याण हुन्छ ।

प्रश्न ६ : दशैँको महत्त्व के छ ?
उत्तर : अहिले जस्तो सञ्चारका साधन र बाटो घाटो नभएको अवस्थामा वर्षापछि आउने दशैँँमा नयाँ नाना,
मीठो खाना, पीङ खेल्न पाइने, टीकाको निहुले आफ्ना आफन्त, माइती मावली, ससुराली जान भेट गर्न
पाइने, पूजा कोठामा मालश्री र चौतारीमा मादल घन्काएर गीत भन्न/सुन्न पाइने आदि मनोरञ्जनको
दृष्टिलेसमेत दशैँको ठूलो महत्त्व छ ।

प्रश्न ७ : दशैँ कसरी मनाउनुपर्छ भन्ने लाग्छ ?
उत्तर :
अरूले घोड़ा चढे भनेर आफू धुरी चढ्नुहँुदैन । ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई’ भन्ने
बृद्धोक्ति पनि बिर्सनुहुँदैन । बरु :
घाँटी हेरीकन त मिलनु हाड’ यो उक्ति जाने ।
आफ्नो जस्तो जति छ क्षमता त्यत्तिले चाड माने ॥
अर्काको क्यै नकल गरे बच्छ सावाँ र ब्याज ।
भन्दै दुर्गा चरणतलमा पर्छ यो सत्यराज ॥

यसरी सामान्य तरिकाले दशैँ मान्नुपर्छ भन्ने लाग्छ।

प्रश्न ८ : दशैँलाई नवरात्रि पनि भनिन्छ किन ?
उत्तर : शिवपुराण अनुसार दिन शिवको र रात्रि पार्वतीको प्रतीक हो । त्यसैले देवीको पूजा दिनमाभन्दा बढी
रात्रिमा गरिन्छ । जस्तै कालरात्रि । घटस्थापनादेखि महानवमीसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,
चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नामका नोवटी
दुर्गाहरूको पूजा हुने हुँदा नवाह नभनेर नवरात्रि भनिएको हो ।
  विपत्तिवाचको दुर्गश्चाकारो नाश वाचकः ।
दुर्गं नश्यति या नित्यं सा दुर्गा परिकीर्तिता ॥२१॥
ब्र.वै पु.कृ.ज.ख.अ.२७ ।

अर्थात् विपित्ति (दुःख) वाचक दुर्ग र आकार नाशवाचक हो । जसले भक्तको विपत्ति नाश गरिदिन्छिन्‌
तिनैलाई दुर्गा भनिन्छ ।

प्रश्न ९ : समस्त नेपालीहरूमा दशैँको शुभकामना के छ ?
उत्तर :
भोटेकोशीको बाढीमा परेका मृतात्माहरूको मुक्ति, घाइतेहरूको स्वास्थ्य लाभ, परिवारजनहरूमा
समवेदनाका साथै देश/विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख,
शान्ति, समृद्धि, आरोग्य र दीर्घजीवनको शुभकामना व्यक्त गर्दछु । अस्तु।

प्रतिक्रिया दिनुहोस्: