हाँसो र यसका फाइदाहरू

१४ चैत्र २०८१

हामीले हाँस्दा तनावका हर्मोनहरू घटाउँछ र तनाव कम गर्न मद्दत पुर्‍याउँछ । यसले रोग प्रतिरोधको क्षमता बढाउँछ । अरू मानिससँग घनिष्ठ हुन्छौं । सम्बन्धहरूलाई सुदृढ पार्न मद्दत गर्दछ । खुसी साटासाट गर्न सक्छौं । हाँसोले सकारात्मक सोच राख्न र हँसिलोपन ल्याउन मद्दत गर्दछ ।

स्वस्थ रहन दिनहुँ हाँस्नु आवश्यक छ । हाँसोले दुखाइ कम गर्दछ । हाँसोले शरीर र मनलाई आराम दिन्छ । हाँसोले रिसलाई कम गर्दछ । हाँसोले हृदय रोगबाट बचाउँछ । हाँसोकै कारण जीवनमा आनन्द र उत्साह थपिन्छ । यसले चिन्ता र तनाव कम गर्छ ।

सम्बन्धलाई बलियो बनाउँनु हाँसोको सामाजिक फाइदा हो । यसले द्वन्द्वलाई कम गरेर सामूहिक भावनालाई बढाउँछ । छिटो रोग निको पार्नको लागि चिकित्सकहरूले उपचार विधिका रूपमा पनि प्रयोग गरेको पाइन्छ । मीठो हाँसोलाई हजारौं रुपैयाँले किन्न पाइन्न, न लाखौं, करोडौं बैंक ब्यालेन्सले नै हामीलाई हँसाउनसक्छ । झूटमा मान्छे हाँस्न सक्दैन । त्यसैले हाँसो सत्यको साँचो पनि हो ।
हाम्रो जीवनमा हाँसो निःशुल्क प्राप्त हुने अमूल्य औषधि हो ।

जीवनमा बढी आनन्द पाउन र वर्षौंको आयु थप्न दिनमा धेरैपटक हाँस्नुपर्दछ ।
हाँसोले अक्सिजनयुक्त हावाको मात्रा बढाउँछ । हाम्रो मुटु र फोक्सोको मांसपेशीहरूलाई फुलाउने र उत्तेजित पार्ने काम गर्दछ । हाँसोले डरको भावनालाई हटाउने कामसमेत गर्छ ।

प्रकृतिको ठूलो बरदान हाँसो स्वस्थ जीवनको बरदान पनि हो । हाँसोले आफू स्वयम्‌को साथै सँगै रहेका अरूमा पनि प्रसन्नता दिलाउँछ । हाँसोलाई जीवनको उल्लास, उमङ्ग र प्रसन्सनताको मुहान हो पनि भन्छन् । हाँलोले मनभित्रको अँध्यारो जितेर जीवनलाई उज्यालो बनाउँछ । मनभित्रका दुःख, पीडालाई भुलेर मजाले हाँस्यौँ भने हाम्रो बौद्धि, मानसिक र शारीरिक क्षमता बढ्छ, भन्छन् विद्वानहरू ।

जीवनमा आइरहने चिन्ता भगाउन हाँसोको जरुरी हुन्छ । हाँस्दा शारीरिक र मानसिक तनाव हट्दछ ।
हाँसोले आत्मबल बढाउँछ । हाँसोले अनुहारमा चमक ल्याउँछ । हाँसोले शरीरलाई स्फूर्ति र तन्दुरुस्त राख्छ र दिमाग ताजा बनाउँछ । हाँसो रोगको औषधि हो । हाँसोले रक्त सञ्चालन र अक्सिजन तहलाई ठीक राखी मुटुको रोगबाट बचाउँछ । उच्च रक्तचाप, श्वासप्रश्वासको विरामीलाई हाँसोबाट फाइदा पुग्छ । हाँसोले कफलाई घटाएर फोक्सो सफा पार्छ । भनिन्छ, दिल खोलेर मस्तले हाँस्ने मानिसलाई अस्पताल जानै पर्दैन ।

सारा रोगको उपचार, स्वस्थ र स्वच्छ जीवनको एकमात्र उपाय हो, हाँसो । त्यसैले सधैं हाँसेर बाँच्न सिकौँ ।

प्रतिक्रिया दिनुहोस्: