बबिना भट्टराई र कैलाश घिमिरेको प्रेमिल गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक

२३ जेष्ठ २०८२

काठमाडौ। नेपाली आधुनिक गीत, संगीतको क्षेत्रमा गायिका बबिना भट्टराईको स्वर तथा संगीत एवं कैलाश घिमिरेको शब्दमा प्रेमिल भाव बोकेको गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक भएको छ । गीतकार कैलाश घिमिरेले गीत ‘तिम्रै मुटुमा’ मार्फत एउटा प्रेमीको भावनात्मक व्यथा, तडप, र समर्पणलाई निकै कोमल र भावुक रूपमा प्रस्तुत गरेका छन् ।

पछिल्लो समय नेपाली आधुनिक गीत,संगीतमा जब बबिना भट्टराईको नाम आउँछ, श्रोताको मनमा एउटै अनुभूति जाग्छ कोमलता, प्रेम, र भावुक धुनहरू सहितको मिठास । यिनै भावहरू बोकेको ‘तिम्रै मुटुमा’ गीतले फेरि एकपटक प्रेमिल मनहरुलाई तानिरहेको छ । संगीत सरल छ, कुनै भारी संयोजन छैन, कुनै जटिल प्रयोग छैन तर त्यही सादगी र सरलपनमा मिठास छ । ‘तिम्रै मुटुमा’ कुनै क्षणिक हिट हुने गीत होइन यो त त्यो प्रकारको गीत हो युग युग सम्म प्रेमिल मुटुहरुमा गुञ्जिरहन्छ ।

गीत ‘तिम्रै मुटुमा’ मा देवेन्द्र नेवाःको एरेन्ज रहेको छ । अकेष्टिक नेपालको स्टुडियोमा दिल समर्पण र राजाबाबु थारुले रेकर्ड गरेका उक्त गीतकोे मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।

ए.जे. अजुले छायाकंन र निर्देशन गरेका ‘तिम्रै मुटुमा’ गीतको भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफै फिचर्ड भएकी छिन् । ‘तिम्रै मुटुमा’ गीतको भिडियोमा रोजिना श्रेष्ठको श्रृङ्गार रहेको छ । गीत ‘तिम्रै मुटुमा’ भिडियो गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: