उत्कष्ट नृत्य प्रस्तुत गर्दै पारामाउण्ट प्रथम

२५ जेष्ठ २०८२

काठमाडौ, जेठ २२ गते विहीबार । राष्ट्रिय सङ्गीत कर्मी संघ जिल्ला कार्य समिति काठमाडौंले आयोजना गरेको ‘उपत्यकाव्यापी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता’ मा पारामाउण्ट एकेडेमी, टोखा–८, गोङ्गबुँ, काठमाडौंको टोलिले उत्कुष्ट नृत्य प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेको छ ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा उत्कुष्ट नृत्य प्रस्तुत गर्दै पारामाउण्ट एकेडेमी, टोखा–८, गोङ्गबुँले प्रथम स्थान हासिल गरेको थियो । त्यसैगरी प्रतियोगितामा बालाजुको नेसनल मोडेल सेकेण्डरी स्कुलले द्वितीय स्थान प्राप्त गर्दा सांस्कृतिक शिक्षा सदन, तारकेश्वरले तृतीय स्थान प्राप्त गरेको थियो । प्रतियोगितामा आइडल मोडेल स्कुल, धोविघाट, ललितपुर र रमाइलो पाठशाला, तारकेश्वर–८, काठमाडौंले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा कौशल स्कुल, तारकेश्वर–८, काठमाडौंलाई उत्कृष्ट कोरियोग्राफर र हिमरश्मि हाई स्कुल, मनमैजु, काठमाडौंलाई उत्कृष्ट वेशभूषाको लागि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विजयी तथा पुरस्कृत विद्यालय तथा विद्यार्थी भाइबहिनीहरूलाई कार्यक्रमका प्रमख अतिथि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, सभापति निरेन्द्र श्रेष्ठ र विशिष्ट अतिथि लोकगायक ध्रुवराज खड्काले नगद राशिसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

राष्ट्रिय सङ्गीत कर्मी संघ जिल्ला कार्य समिति काठमाडौंकी कोषाध्यक्ष अस्मिता धमला हमालले संयोजन तथा सहजीकरण गर्नुभएको नृत्य प्रतियोगिताको निर्णय भाइराम श्रेष्ठको सयोजकत्वमा दुई सदस्यीय समितिले गरेको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेका पारामाउण्ट एकेडेमीको टोलीलाई विद्यालयले एक कार्यक्रमका बीच नगदसहित छुट्टै सम्मान पनि गरेको छ । विद्यालयका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेलगायत शिक्षकशिक्षिकाहरूले विद्यालयका नृत्य प्रशिक्षक खिम मगरलाई रु.३०००।– राशि र सहभागी भाइबहिनीहरूलाई जनही एक हजारका दरले नगद, माला, गादा र टीका तथा प्रसादले सम्मान गर्नुभएको थियो ।

पारामाउण्टको नृत्य टोलीमा समीक्षा राउत, झरना मगर, गुञ्जन कार्की, सौगात लुइटेल, प्रदीप कार्की, शुभेच्छा अधिकारी, अनुस्का मल्ल, विनिशा भट्टचन, शिवानी घिमिरे, रेखा घर्ती र अस्मिता घिमिरे रहेका थिए । शिक्षिका लक्ष्मी आले र सविना फुयाल श्रृङ्गार र वेशभूषामा रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: