नयाँघरेसहित ५ स्रष्टा सम्मानित

११ असार २०८२

झापा, असार ९ गते।  जीवन स्मृति प्रतिष्ठान दमकले युवराज नयाँघरे सहित ५ स्रष्टाहरुलाई सम्मान गरेकाे छ।

सम्मानित स्रष्टाहरुमा स्रष्टा लीला उदासी जीवन स्मृति पुरस्कार २०७८, निबन्धकार युवराज नयाँघरे जीवन स्मृति पुरस्कार २०७९, कलाकार बिक्रमश्रि जीवन स्मृति पुरस्कार २०८० तथा कथाकार रीता ताम्राकार जीवन स्मृति पुरस्कार २०८१ बाट नगद रु. २०,०११ र ताम्रपत्रसहित सम्मानित हुनुभएकाले छ। त्यस्तै जीवन स्मृति युवा प्राेत्साहन पुरस्कार २०८१ बाट सर्जक चाेमु शेर्पा खुशी नगद रु. १०१११ ताम्रपत्रसहित सम्मानित हुनुभएकाे छ।

दमक बहुमुखी क्याम्पसकाे सभाहलमा आयाेजित कार्यक्रममा दमक नगर पालिका नगर प्रमुख रामकुमार थापाले सम्मानित स्रष्टाहरुलाई सम्मान गर्नु भएकाे थियाे। झापा, माेरङ र सुनसरीका स्रष्टाहरूकाे उल्लेख्य उपस्थिति रहेकाे कार्यक्रममा सस्थाका अध्यक्ष भूमि प्रसाद दाहालकाे अध्यक्षता रहेकाे थियाे । कार्यक्रम सस्थाका सचिव धनकुटे कान्छाले सञ्चालन गर्नुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्: