
काठमाडौं, असार १६ गते । पारामाउन्ट एकेडेमी, टोखा–८ बानयिाँटरका विद्यार्थीहरू एसईई २०८१ को नतिजा रोकिँदा मानसिक तनावको साथै आक्रोशित पनि भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड, भक्तपुरले यही असार १३ गते शुक्रबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाको पर्खाईमा बसेका टोखा नगरपालिका वडा नं.८, बानियाँटार स्थित पारामाउण्ट एकेडेमीका ४६ जना विद्यार्थीहरूको नतिजा रोकिदिएपछि उनीहरूको साथै अभिभावकहरू पनि मानसिक तनावमा परेका छन् । उनीहरू आक्रोशित पनि भएका छन् ।
परीक्षा कार्यालयको अनुसार, काठमाडौं जिल्ला समन्वय एकाइले विद्यार्थीहरूको सिम्बोल नम्बर दोहोरिएको भनी विवरण पेश गरेपछि भक्तपुरस्थित परीक्षा बोर्डले नतजिा रोक्ने नर्णिय गरेको हो । तर जल्लिा समन्वय एकाइले भने नतिजा अन्तिम रूपमा परीक्षा नियन्त्रण कार्यालयले नै तयार गर्ने भएकाले आफ्नो कुनै दोष नभएको बताएको छ । समन्वय एकाइले यसको त्रुटि र दोष परीक्षा बोर्ड कै रहेको बताएको छ ।
सम्बन्धित संस्थाहरूले परीक्षा जस्तो गहन र जिम्मेबार विषयलाई त्रुटिरहित तरिकाले सम्पन्न गर्नुपर्नेमा भएको गल्ती, कमजोरीलाई पनि एकआपसमा पन्छाएर जिम्मेवारी नलदिै गर्दा ४६ जना विद्यार्थीहरूको भवष्यि अन्योलमा परेको छ । उनीहरू अहिले अत्यधिक मानसकि तनावमा छन् र आक्रोशति पनि भएका छन् ।
यसैबीच परीक्षा बोर्डले सबै विवरण हेरेर भोलि असार १७ गते बिहान १० बजेसम्म नतिजा प्रकाशति गरिने परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्: