भानु जयन्तीको अवसरमा कविता लेखन तथा वाचन र स्रष्टा सम्मान

१ श्रावण २०८२

काठमाडौँ , असार, २९  गते। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ जिल्लाले भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता लेखन तथा वाचन र स्रष्टा सम्मान गरेको छ। आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीका अवसरमा काठमाडाैं जिल्ला प्याब्सनको आयोजना तथा चन्द्रागिरि नगर प्याब्सनको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको  हो।

प्रतियोगिता लालिगुराँस नेशनल एकेडेमीकी  जोहाना के. सी. प्रथम, उज्वलतारा स्कुलकी  प्राज्ञिक खतिवडा द्वितीय र स्वर्णिम स्कुलकी अस्मिता आचार्य तृतीय भइन् ।

त्यस्तै  प्रतियोगितामा जुगल नव गुरुकुल स्कुलकी स्नेहा राई, घटराज मेमोरियल स्कुलकी अपश्वी सापकोटा, इडन ब्रीज एकेडेमीकी खुशीपल परियार, बेबीलाेन नेशनल स्कुलकी शुरभी पाैडेल, हाइ न्यू भिजन एकेडेमीका आदर्शविज्ञान खड्का, एआई स्कुलका सम्पूर्ण काफ्ले र  ब्राइट फ्यूचरकी प्रिशा लेखकले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

सतुङ्गलस्थित आँगन रिशेप्सनमा सम्पन्न प्रतियोगितामा काठमाडाैं जिल्लाका विभिन्न विद्यालयका ३७ जनाले भाग लिएका थिए ।

प्रतियोगिताका विजेताले १० हजार रुपैयाँ, उपविजेताले ७ हजार रुपैयाँ र तेस्रो स्थान हात पार्नेले ५ हजार रुपैयाँ नगदका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। प्रतियोगिताका विजेता तथा सहभागीहरूका लागि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायतले पुरस्कार वितरण गरे ।

यस्तै, कार्यक्रमका दाैरान नेपाली साहित्यिक जगतमा पुर्याएको योगदानका लागि स्रष्टा, साहित्यकार, गितकार कवि प्रेमकुमार राई ‘परीक्षित’ लाई प्याब्सन साहित्यरत्न सम्मानबाट दोसल्ला, सम्मानपत्र र नगद रु. ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

भानुजयन्तीका अवसरमा काठमाडाैं प्याब्सनले विगत तीन वर्षदेखी विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

उक्त कार्यक्रम प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टको सभापतित्व तथा चान्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको विशेष अतिथिको रुपमा प्याब्सन केन्द्रिय सह-अध्यक्ष गोपाल आचार्य, साहित्यकार प्रा.डा. देवि नेपाल, साहित्यकार तथा प्याब्सन काठमाडौँ जिल्लाका प्रमुख सल्लाहकार प्रेम राई ‘परिक्षीत’ वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा लगाएत जिल्ला पदाधिकारी, प्याब्सन नगर प्रमुखहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: