सुरभिमा भानुजयन्तीको कार्यक्रम 

६ श्रावण २०८२

काठमाडौँ, असार २८ गते शनिबार । सुरभि साहत्यि प्रतिष्ठानले विशेष कविगोष्ठी गरी २१२ औँ भानुजयन्ती मनाएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको समापतित्वमा भएको यो कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को वडाध्यक्ष नन्दलाल श्रेष्ठ हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा सुरभिका संरक्षक अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा सल्लाहकार अच्युत चालिसे, भवानी स्मृति प्रतिष्ठानका अध्यक्ष वासुदेव पौडेल हुनुहुन्थ्यो ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण र पुष्पार्पण गरिएको थियो । प्रमुख अतिथि नन्दलाल श्रेष्ठले मन्तव्यमा सुरभि साहित्य प्रतिष्ठानले यस क्षेत्रको मात्रै नभएर गोकर्णेश्वर नगरपलिकालाई नै विश्वमा चिनाएको कुरा गर्नुहुँदै यस्ता विशेष कार्यक्रमहरू आयोजना गर्नुपर्ने कुरा बताउनुभयो

विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले भानुभक्तलाई नेपालमा मात्र होइन नेपालबाहिर पनि उत्तिकै श्रद्धा र सम्मान गरिने कुरा बताउँदै पूर्वमा भारतको आसामदेखि पश्चिममा कुमाउ–गढवालसम्म भानुलाई आदिकविका रूपमा विशेष मान्यता दिइने गरिएको कुरा बताउनुभयो ।

कविगोष्ठीमा परशुराम पराशर, शारदा पराजुली, गोपाल बराल, वासुदेव पौडेल, ठाकुरप्रसाद खतिवडा, विमल अर्याल, घनश्याम प्रसाईँ, विजया बस्नेत, वसन्त रिजाल, चेवन बस्नेत ठुलाघरे, प्रतीक धिमाल, उत्तम विचार, आलोक चालिसेलगायतले भानुसम्बन्धी कविता वाचन गर्नुभएको थियो । प्रतिष्ठानकी सहसचिव मेनका पोरखेल आचार्यले सञ्चालन गरेको यो कार्यक्रममा ३१ जनाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्: