खाद्यविद् बरालको `म:म:का पाइलाहरू´ काे विमाेचन

९ श्रावण २०८२

 

लन्डन, बेलायत, १९ जुलाई २०२५।  खाद्य तथा स्वादका राजदूतका रूपमा परिचित बिनाेद बरालद्वारा लिखित `म:म:का पाइलाहरू´ काे विमाेचन भएकाे छ।

बेलायतमा बासाेबास गर्दै आउनुभएका बरालकाे पुस्तक लण्डनस्थित विजनेश डिजाइन सेन्टरकाे `दि नेशनल जियाेग्राफिक ट्राभलर फुड फेस्टिभल´मा विमोचन भएको हो ।

साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, लेखक बराल, उद्यमी जनक राई, मदिराविद् तारा वाइबनले कृति विमोचन गर्नु भएको थियो ।

विमोचनपछि साहित्यकार युवराज नयाँघरेले `हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने गर्छ । यो कृति मार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ, भन्नुहुँदै नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भुमिका खेल्ने छन्, भन्ने बताउनुभयो।

कार्यक्रममा लेखक बरालले `आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैं क्रियाशील भइरहने´ बताउनु भयो ।
अभियन्ता गुरुङ, उद्यमी वाइबन राईले कृति सफलताका लागि शुभकामना दिनुभएको थियो । कार्यक्रमकाे आयाेजकमा माे: माे: फाउन्डेसन र सहआयाेजकमा सरस्वती केन्द्र नेपाल रहेकाे थियो ।

पोखरामा जन्मनुभएका बराल लामाे समयदेखि लण्डनमा बस्दै आउनु भएकाे छ। बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायकाे सहयोगका लागि उत्तिकै क्रियाशील रहेकाे जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्: