कविता

सेई बोर्डिङ स्कुलको कविता

७ आश्विन २०८२
सेई बोर्डिङ्ग स्कुल

दशैं
प्रतिमा सिटौला
कक्षा : ७

सबै जना भेट भए यसै हुन्छौं खुसी
आफ्नो मनको दुःख पीडा एकैछिन्‌मा भुली ।
रातो टीका निधारमा जमरा छ कानमा
सबै जना नेपाली परिवारको माँझमा ।

नेपालमा रोजगारी अझै छैन दिन
दशैंमा परदेशीलाई सम्झी रुन्छ मन किन ?
हाम्रो दशैं नै हो हिन्दुको मुख्य पर्व
यहीँ कुराले लाग्छ मलाई पर्वप्रति गर्व ।

निरन्तर परम्परालाई झल्काइराख्नुपर्छ
भविष्यको पुस्तालाई परम्परा जोगाइराख्नुपर्छ ।
सबै धर्मको हामीले राख्नुपर्छ मान
विभिन्न चाडपर्वहरूको गरौँ सबैले सम्मान ।
सेई बोर्डिङ स्कूल
लिखु–६, छहरे, नुवाकोट। 

दशैं
श्रेया सिटौला
कक्षा : ७

दशैँले बाल्दछ एकताको दियो
रिस, राग हटाएर माया फैलियो ।
टीका, जमरा, पिङ्ग र मीठो परिकार
संस्कार प्रेमको अद्भूत आधार ।

पिङमा उफँ्रदा आकाश छुन मन लाग्छ
साथीहरूसँग हाँस्दै, गाउँदै रमाइलो हुन्छ ।
ढोल, मादलको ताल गाउँभरि गुञ्जिन्छ
बालबालिकाको हाँसोले दशैँ अझै रमाइलो बन्छ ।

जमरा मात्र पहेँलो यो घाँस होइन
यो आशा र जीवनको प्रतीक ।
धरतीले दिएको उपहार,
सपना रोप्ने र भविष्य काटने आधार ।
सेई बोर्डिङ स्कूल
लिखु–६, छहरे, नुवाकोट। 

प्रतिक्रिया दिनुहोस्: