काठमाडौ, २०८२ आश्विन ११ गते शनिबार। बाल नमुना मा . वि . बालुवाटरको हलमा प्रसिद्ध उपन्यासकार तथा कवि लीलाध्वज थापाको स्मृतिमा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठान काठमाडौँले त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान/पुरस्कारको आयोजना गरेको छ। प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले नेपाली साहित्य एवं संस्कृति विद् प्रा.डा. वीणा पौड्याललाई लीलाध्वज थापा स्रष्टा सम्मानले सम्मान गर्दै रू १०,०००/ दश हजार पुरस्कार राशि समेत प्रदान गर्नुभयो ।
सम्मानित व्यक्तित्त्व प्रा.डा. पौड्याल बारे सामान्य जानकारी दिनुहुँदै प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले भन्नुभयो, ‘डा. पौड्यालले २०३५ सालमा त्रिविवि बाट एम. ए. र २०४९ मा भारतबाट स्नाकोत्तर गर्नुभई नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग त्रिविवि मा विभागीय प्रमुखमा सेवारत हुनुभएको थियो । उहाँको डेढ दर्जन पुस्तक प्रकाशित, करिब आधा दर्जन सम्पादन र प्रकाशोन्मुख चार पुस्तक छन् । उहाँ ‘ क ‘ श्रेणीको महेन्द्र विद्याभूषण लगाएत आधा दर्जन पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार २०६८ लगाएत अढाई दर्जनभन्दा बढी सम्मानले सम्मानित हुनुभई विभिन्न संस्थामा सकृय हुनुहुन्छ ।’
कार्यक्रममा प्रा . डा . गोविन्द मान सिंह कार्की तथा उपस्थित साहित्यकारहरूले साहित्यकार लीलाध्वज थापाबारे चर्चा गर्दै उहाँको उपन्यास बारेमा चर्चा गर्नुभयो । सम्मानित स्रष्टा वीणा पौड्यालले लीलाध्वज थापाको उपन्यासले मदन पुरस्कारमात्र पाएको हैन त्यो उपन्यास देश विदेशमा समेत ज्यादै चर्चित भएको र पाठ्यक्रममा समेत रहेको र यस्तो चर्चित उपन्यासकारको नामको प्रतिष्ठानबाट सम्मान पुरस्कार पाएर जोडिन पाउँदाको खुशी व्यक्त गर्दै प्रतिष्ठानको अध्यक्ष विजयध्वज थापाप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्रष्टाहरू विजयध्वज थापा, प्रा.डा. गोविन्द मान सिंह कार्की, डा. मेघ राज ढकाल, डा. बमबहादुर थापा जिताली, गुप्तबहादुर श्रेष्ठ, उमेश पाण्डे, तारा केसी., गंगा खड्का, उत्तम विचार, सुन्दर खड्का, राजेन्द्र खनाल, दिलिप श्रेष्ठ, सुभाषचन्द्र पौडेल ‘ भिमफेदिया, जे के एन खडेरी, कुमार नेपाल, पूर्णबहादूर श्रेष्ठ हृदयाङ्कृत, टेकबहादूर लौडारी, मन भुजेल, मिसन अधिकारी, प्रकाश बस्नेत गफाडी, कुमार खड्का, जीवन कुमार श्रेष्ठ, रमेश भट्टराई ‘ पुजारी ‘, कर्ण दयाल ‘ सोराडी’, गोविन्दराज पौडेल, मुकुन्द पौडेल, प्रमोद नेपाल, लव खड्का, अमर अधिकारी, ध्रुवराज थापा ‘पुरुष’, इन्दु पन्त, इन्दिरा ढकाल, रणबहादुर बुढाथोकी, कात्यायन, मानन्धर अभागी, संगीता खरेल, तिलक ‘ गाउँले’, बद्री उप्रेती, नम्रता उप्रेती, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ लगायतले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा दायित्व प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य गर्नुहुदै सम्मानित हुनुहुने प्रा डा पौड्याल माथि प्रकाश पार्नुभएको थियो । स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म एकासी जना अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले, आठ जनालाई साहित्य सम्मानले तथा ५०० भन्दा बढीलाई कदर-पत्रले सम्मानित गर्न पाउँदाको खुसी व्यक्त गर्नुका साथै उपस्थित सम्पूर्ण स्रष्टाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा हालै जेन्जीहरूको प्रदर्शनमा दिवङ्गत हुनुभएका शहीदप्रति एक मिनेट मौन धारणा गरेर श्रद्धाञ्जली अर्पण गरिनुका साथै विजया दशमी, दीपावली र छठ पर्वको उपलक्षमा शुभकामना आदान प्रदान गरिएको थियो । उक्त प्रतिष्ठान यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा पारिवारिक आर्थिक स्रोतबाट सन्चालन भएको अध्यक्ष थापाले जानकारी गराउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्: