प्याब्सन मिस लिटिल आइडल-२०२४ का विजेतालाई इडन ब्रिजमा स्वागत

२४ भाद्र २०८१

काठमाडौं, भदौ २४ गते । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेन्मेट्को सन्युक्त आयोजनामा आयोजित प्याब्सन मिस लिटिल आइडल-२०२४ मा इडनब्रिज एकेडेमीबाट सहभागी भई विभिन्न टाइटल जित्न सफल छात्राहरूलाई विद्यालयमा भव्य स्वागत गरिएको छ । इडनब्रिज एकेडेमीबाट उक्त प्रतियोगितामा १० जना छात्राहरुले भाग लिएका थिए ।

६१ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै प्रतिस्पर्धी नम्बर ६२ की इडन ब्रीज एकेडेमीकी रचना मगर उत्कृष्ट पब्लिक स्पिकिङको टाइटल अवार्डसहित विजेता बन्न सफल भएकी थिइन् । निका राई र मल्लिका श्रेष्ठ उत्कृष्ट ३० मा पर्न सफल भए भने ९ जना सहभागीहरूले विभिन्न टाइटल/अवार्ड प्राप्त गर्न सफल भए । सोको खुसीयालीमा इडन ब्रीज एकेडेमीमा भव्य सेलिब्रेसन गरिएको थियो । समारोहका प्रमूख अतिथि टोखा-४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठले विजेताहरूलाई माला लगाउँदै बधाई दिनु भएको थियो । वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सरोज ठकुरीले विजेताहरूलाई फूलको गुच्छा दिएर शुभकामना दिनुभयो । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको थियो । कार्यक्रममा स्कुलका विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: