दशैँ
आर्शिया थापा
कक्षा : ८
दशैँ पनि आयो जमरा पनि लगायौँ
वर्षमा एकचोटि आउने दशैँ
बुबाआमाको काखमा रमायौँ ।
मनमा रहेका पिर चङ्गासँगै उडाइयो
यसपालिको दशैँ आमाबुबासँग मनाइयो ।
टीका र जमराले सजिने चाड
दुःख, पीडा भुलेर रमाउने चाड ।
काँधमा झोला र हातमा कोसेली
लिएर फर्कंदा आमा नै जोसेली ।
वर्षमा एकचोटि आउने चाड
रमाइलोको साथ मनाऊँ
परदेशबाट फर्की सबैजना
मिलीजुली चाडवाडमा रमाऊँ ।
क्यूपिड चिल्ड्रेन्स होम एकेडेमी
टोखा–३, बालुवापाटी, काठमाडौं।
दशैँ
आज्ञा शाही
कक्षा : ८
यसपालि हेर्दाहेर्दै दशैँ आइसके छ
गाउँघरमा खुसीयाली छाइसकेछ ।
नयाँ कपडा र निधारमा टीका
घर फर्किए छोराछोरी परदेशिएका ।
पिङको डोरी, आकाश छुने चाह
आमाबाबुलाई भेट्ने मीठो यो साथ ।
दुर्गा माताको जय जयकार
शक्ति र विश्वासको विचार ।
नाता जोड्ने यो परम्परा
मौलिक नेपाली पहिचानद्वारा ।
क्यूपिड चिल्ड्रेन्स होम एकेडेमी
टोखा–३, बालुवापाटी, काठमाडौं


प्रतिक्रिया दिनुहोस्: